गण्डकीको बजेट मार्सल लगाएर पारित «

गण्डकीको बजेट मार्सल लगाएर पारित

पोखरा– गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८-७९ का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ । मुख्यमन्त्री पोखरेलले निर्णयार्थ पेस गरेको बजेट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा आर्थिक वर्ष २०७८-७९ विनियोजन विधेयक बहुमतले पास भएको हो।
सभामुख नेत्रनाथ अधिकारीले विनियोजन विधेयक प्रस्तुत गर्न मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई समय दिएपछि प्रतिपक्षी सांसदहरु आक्रोशित बनेका थिए । मार्सल लगाएर विनियोजन विधेयक पास गराइएपछि एमाले सांसदहरुले सदन छाडेका थिए । विनियोजन विधेयक बैठकमा निर्णयार्थ पेस हुँदा नेकपा एमालेका सांसद सदनमा थिएनन् ।
गैरबजेटरी रकम मनोमानी ढंगले वितरण गरिएको र आफ्नो पालामा ल्याइएका योजना रातो किताबबाट हटाइएकोमा एमाले सांसदहरु आक्रोशित बनेका थिए । यही आक्रोशमा एमाले सांसद तथा पूर्वमन्त्री रामशरण बस्नेतले कुर्सी नै फालिदिएका थिए । गत आइतबारदेखि सुरु भएको बैठक सरकारले वितरण गरेको १६ करोड रकमको कामबारे संसदीय अनुगमन गर्ने सहमति भएपछि चालु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्