३ वर्षमा ३५ प्रतिशत निर्माण

भैरहवा, मुलुकको पर्यटन विकासमा निकै महत्वपूर्ण मानिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भएको तीन वर्ष पूरा भएको छ । तीन वर्षअघि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेको यो विमानस्थलको हालसम्मको भैतिक प्रगति भने ३५ प्रतिशतमा सीमित छ । जबकि आयोजना पक्ष र निर्माण कम्पबीबीच सम्झौता भएअनुसार २०७४ पुस मसान्तभित्रै निर्माण सम्पन्न भएर सरकारलाई हस्तान्तरण भइसक्नुपर्ने थियो ।
विमानस्थल निर्माण सुरु भएसँगै २०७२ साल वैशाखमा आएको भूकम्प तथा सोही वर्ष तराई–मधेशमा चलेको ६ महिना लामो बन्द–हडताल र भारतले लगाएको अघोषित नाकाबन्दीका कारण आयोजना निर्माणमा बिलम्ब भएको छ । विमानस्थल निर्माण पूर्ण रूपमा प्रभावित भएपछि चिनिया“ निर्माण कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सनले समय थप गर्न पत्राचार गरेपछि नागरिक उड्डयन प्राधिकरणले दातृ निकाय लगायतसँग समन्वय गरी २०१८ जुनसम्मको समय दिइएको छ ।
अहिलेको निर्माण गति हेर्दा उक्त अवधिभित्र विमानस्थल निर्माण कार्य सम्पन्न हुने आधारहरू केही पनि देखिएको छैन । यद्यपि चिनिया“ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सनले जुन महिनाभित्र धावनमार्गको बेस निर्माण सम्पन्न गरी कालोपत्र गर्न सुरु गर्ने गरी काम भइरहेको गौतमबुद्ध विमानस्थल स्तरोन्नती आयोजनाका प्रमुख ओम शर्माले बताए । थपिएको समय जुन २०१८ भित्र विमानस्थल निर्माणको सबै काम नसकिए पनि मुख्य कामका रूपमा रहेको टर्मिनल बिल्डिङको छत ढलान र धावनमार्ग पिचको काम र २०१८ भित्र महत्वपूर्ण निर्माणका काम सम्पन्न हुनेमा हामी विश्वस्त छौं,” आयोजना प्रमुख शर्माले भने ।
चिनियाँ निर्माण कम्पनीले काममा अहिले दिएको तिव्रता र अहिले भइरहेको कामको प्रगतिको आधारमा पनि अबको १ वर्षभित्र गौतमबुद्ध विमानस्थल निर्माणको कार्य ८० प्रतिशतसम्म सम्पन्न हुने आधारहरू तयार भएको छ । नर्थ वेस्ट कम्पनीले ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैया“मा सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो । उसो त चिनियाँ कम्पनीले २०१८ जुनभित्र सम्पन्न गर्न नसके कुल लागतको ०.०५ प्रतिशतले हुन आउने करीब ३० लाख रुपैयाँका दरले जरिबाना बुझाउनु पर्नेछ । यस आधारमा पनि अब जति बढी समय चिनियाँ कम्पनीले निर्माण गर्न लगायो त्यति नै बढी जरिवाना बुझाउनुपर्ने भएकाले पनि चिनियाँहरूले अहिले कामलाई तिब्रता दिएको छ । करीब २ सय दक्ष र अर्धदक्ष मजदुर दैनिक कार्यरत रहेको, हेभी इक्युपमेन्ट बढीभन्दा बढी प्रयोग गरेको र आवश्यक कच्चा सामग्रीहरू सबैको जोहो गरिरहेको शर्माले बताए ।
भविश्यमा कामलाई तिब्रता दिन उनीहरूले चीनबाटै २ सय दक्ष कामदार ल्याउने अनुमति माग गरेका थिए । “सोही अनुसारको प्रक्रिया र सिफारिस हामीले गरिसकेका छौं, मेकानिकल र ईलेक्ट्रिकलका लागि उतैबाट थप दक्ष जनशक्ति चीनबाटै आउने हँुदा काम अझै छिटो बढने विश्वास गर्न सकिन्छ,” प्रमुख शर्माले भने ।
अहिलेसम्म ग्राउन्ड लेभलका सबै काम सकिएकाले त्यसपछिको कामका लागि समय धेरै नलाग्ने र व्यवस्थापन पक्ष सुदृढ भए काम तीव्र रूपमा अघि बढने जनाइएको छ ।
मनोरञ्जन शर्मा