अमेरिकाबाट आयो खोप «

अमेरिकाबाट आयो खोप

काठमाडौँ, २८ असारः प्रम ओलीलाई कोभिडविरुद्ध खोप हस्तान्तरण गर्दै राजद”त बेरी अमेरिकी सरकारबाट उपहारस्वरुप प्राप्त कोभिड¬–१९ विरुद्धको खोप सोमबार प्रधानमन्त्री निवास बाल’वाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गर्दै नेपालका लागि अमेरिकी राजद”त ¥याण्डी बेरी । तस्बिरः प्रदीपराज वन्त/रासस

अमेरिकी सरकारले उपलब्ध गराएको कोभिडविरुद्धको खोप जोनसन एन्ड जोनसन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार हस्तान्तरण गर्दै नेपालस्थित अमेरिकी राजदूत रयांदी बेरी । उपलब्ध खोप प्राथमिकतानुसार ५० देखि ५४ वर्ष उमेर समूहका निःशुल्क दिइने छ ।

अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० मात्रासहितको जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत अनुदान सहयोग गरेको हो । सो खोप एक पटक लगाए पुग्छ । यसअघि कोभ्याक्स सुविधामार्फत तीन लाख ४८ हजार खोप आइसकेको छ । नेपालमा अहिलेसम्म भारतबाट कोभिशिल्ड र चीनबाट भेरोसेल खोप आइसकेको छ । नेपाललाई हालसम्म ६० लाख मात्रा खोप प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्