नेपाली पर्यटनको इतिहास र २० लाखको लक्ष्य ! «

नेपाली पर्यटनको इतिहास र २० लाखको लक्ष्य !

विश्व पर्यटनको इतिहास धेरै लामो (लगभग १ सय ८० वर्ष) भए पनि नेपाली पर्यटनको इतिहास त्यति लामो छैन, किनभने औपचारिक रूपमा विदेशी पर्यटकले नेपाल भ्रमण गर्न थालेको भनेको सन् १९४९/५० पछि हो । त्यसअघि नेपालमा एकतन्त्रीय शासन चलाइआएका श्री ३ महाराज अर्थात् राणा शासकहरूले नेपली भूमिमाथि विदेशीहरूलाई औपचारिक रूपमा घुमफिर गर्न प्रतिबन्ध लगाएका थिए ।
यसरी विश्वमा औपचारिक रूपमा पर्यटन व्यवसाय सुरु भएको लामो समयसम्म नेपालले पर्यटनसम्बन्धी कुनै कदम चालेन, पर्यटनसम्बन्धी कुनै ज्ञान लिएन, पर्यटनबाट केही सिकेन । एक किसिमले भन्ने हो भने पर्यटनसँग तत्कालीन नेपालले कुनै सरोकार नै राखेन ।
फलतः हाम्रो देश नेपालमा पर्यटनसँग सम्बन्धित अनेक खाले बिक्री योग्य सम्पदाहरू र सम्भावनाहरू भए तापनि बल्ल हामी तत् सम्बन्धमा पाइला चाल्दै छौं, प्रयासहरू गर्दैछौं । त्यसका लागि सरकारले खासै केही नगरे तापनि निजी क्षेत्रका पर्यटन व्यवसायी र नेपाल घुम्न आएका विदेशी पर्यटकहरू, खास गरी केही हदसम्म एकपटक नेपालमा घुम्न आएका विदेशी पर्यटकहरूले नै अर्को पटक आफ्ना देशका अन्य पर्यटकहरूलाई पनि नेपाल घुमाउन लिएर आउने गरेका छन् । यसरी नेपाल घुम्न आएका विदेशी पर्यटकहरूले नै दोहो¥याएर, तेहे¥याएर र कतिपयले त २० औं, २५ औं देखि लिएर ३० औं, ४० औं पटकभन्दा पनि बढी पटक आपूm पनि नेपाल भ्रमण गर्न आउने र आफ्ना देशका अरू पर्यटकहरूलाई पनि नेपाल भ्रमण गराउने गरेका छन् । यसरी पटक–पटक नेपाल आउने विदेशी पर्यटकमध्ये कतिपयले उनीहरूको देशमा एजेन्सी नै खोलेर वैध ढंगले व्यवसाय गरेका छन् भने कतिपयले अभैm पनि अवैध ढंगले (व्यक्तिगत रूपमा) नै नेपालमा विदेशी पर्यटक ल्याएर व्यवसाय गरिरहेका छन् । व्यक्तिगत रूपमा आर्थिक फाइदा लिइरहेका छन् । जे भए पनि राणाशासनले गर्दा नै नेपाली पर्यटन क्षेत्र धेरै पछि परेको मान्नुपर्ने हुन्छ ! फलतः सन् २००७/००८ देखि मात्रै नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या ५ लाख नाघ्न थाल्यो ।
हुन त सन् १९९८ मै नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या ५ लाख पुर्याउने, उनीहरूले गर्ने दैनिक खर्च ४९ अमेरिकी डलर पुर्याउने आदि लक्ष्य राखेर पहिलो पटक नेपाल भ्रमण वर्ष पनि मनाइएको थियो । तर, सो वर्ष नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या ४ लाख ६३ हजार ६ सय ६४ जना मात्रै पुगे । त्यस्तै सो वर्ष नेपाल भ्रमणमा आएका पर्यटकहरूले नेपालमा रहँदा–बस्दा गरेको दैनिक खर्च अपेक्षा गरे भन्दा धेरै कम थियो । तर, सन् १९९९ मा भने झन्डै ५ लाख विदेशी पर्यटकले नेपालको भ्रमण गरेका थिए । सो वर्ष ४ लाख, ९१ हजार ५ सय ४ जना विदेशी पर्यटकले नेपालको भ्रमण गरेका थिए ।
यसरी नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्याकै कुरो गर्दा गत वर्ष (सन् २०१८ मा) भने १० लाख नाघेको छ, जुन नेपाल सरकार र नेपाली पर्यटन व्यवसायीहरूका लागि खुसीको कुरो हो । त्यसो त नेपाल सरकारले सन् २०२० लाई पनि ‘नेपाल भ्रमण वर्ष’का रूपमा मनाउने घोषणा गरेको छ । साथै सरकारले सो वर्ष २० लाख विदेशी पर्यटकलाई नेपाल भ्रमण गराउने लक्ष्य लिएको छ ।
सरकारले अन्य उद्योगसरह पर्यटन उद्योगलाई पनि मान्यता दिएपछि पर्यटन व्यवसायमा लागेका व्यवसायीले सरकारबाट धेरै अपेक्षा गरेका छन् । खासगरी पर्यटन व्यवसायीहरूले विभिन्न सहुलियत, सेवा, सुविधा लगायतका ‘लोयल्टी’ अपेक्षा गरेका छन्, सरकारबाट । नेपाली पर्यटनलाई टेवा दिन र मजबुत बनाउन सरकारले सहुलियत, सेवा, सुविधालगायतका ‘लोयल्टी’हरू ! दिनु पनि पर्छ । हाल विश्व पर्यटन उद्योगको जुनसुकै क्षेत्रमा पनि तीव्र र एक किसिमले अस्वस्थ्य प्रतिस्पर्धा नै चलिरहेकाले पर्यटन उद्योगमा लागेका उद्योगी–व्यवसायीहरूले पनि नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरूलाई सोही अनुसारको प्याकेजहरू दिनेबारेमा पक्कै सोच्नेछन् ।
–निनाम कुलुङ ‘मंगले’

प्रतिक्रिया दिनुहोस्