कोरोना संक्रमित नागरिकलाई पौष्टिक आहार वितरण

सर्लाहीको गोडैता नगरपालिकामा सेभ द चिल्ड्रेनले ७५ जना कोरोना संक्रमितलाई पौष्टिक आहार वितरण गरेको छ ।
गोडैता नगरपालिकामा सञ्चालित समुन्नति कार्यक्रमअन्तर्गत सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा राष्ट्रिय रोजगार केन्द्रको सहकार्यमा कोभिड–१९ संक्रमित भई होम आइसोलेसनमा बसेका नागरिकलाई उक्त सामग्री वितरण गरिएको छ ।
गोडैता नरपालिकाको ५८ र बलरा नगरपालिकाको १७ गरी जम्मा ७५ जना नागरिकलाई प्रतिव्यक्ति १ किलो हर्लिक्स, १ किलो चेवनप्रास, १ किलो चना, २ सय ५० ग्राम बदाम र २ सय ५० ग्राम प्रोटिनयुक्त पाउडर गरी पौष्टिक आहार प्याकेज वितरण गरिएको हो ।
कोरोना संक्रमित व्यक्तिलाई राष्ट्रिय रोजगार केन्द्र, मंलगवाका अध्यक्ष गायत्रीदेवी महतोले उक्त सामग्री हस्तानान्तरण गरेकी थिइन् ।