राष्ट्रियसभाको अधिवेशन अन्त्य «

राष्ट्रियसभाको अधिवेशन अन्त्य

/fli6«o;ef a}7s sf7df8f}F, @* c;f/ M ;+3Lo ;+;b ejg gofF afg]Zj/df ;f]daf/ a;]sf] /fli6«o;efsf] a}7s . tl:a/ M /Tg >]i7÷/f;;

सरकारले राष्ट्रियसभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्न आदेश दिएकै दिन सरकारले राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेको हो ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार राति १२ बजेबाट लागू हुनेगरी राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेकी छन् ।
राष्ट्रियसभाको बैठक सोमबार पनि बसेको थियो । बैठकमा सांसदहरुले समसामयिक विषयमा बोलेका थिए । सांसद भैरव श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले समृद्धिको राम्रो काम गरेको देख्न नसकेर विपक्षी दलहरुले गलत प्रचार प्रसार गरेका बताए । श्रेष्ठले सरकारले समृद्धिको लागि काम गरेको र संविधान कार्यान्वयनको सम्बन्धमा कानुन निर्माणको काम गरेको देख्न नसकेर विपक्षी गठबन्धन अत्तालिएर सरकारको विरोध गरेको बताए ।
जितेन्द्र नारायण देवले नेपाल वायु सेवा निगमलाई नीजिकरण गर्न खोजिनु आपत्ति जनक रहेको भन्दै निगमलाई नीजिकरण गर्ने निर्णय फिर्ता लिन माग गरे । वर्तमान सरकारलाई सर्वोच्च अदालतले काम चलाउ भनेकाले यस्तो महत्वपूर्ण निर्णय यो सरकारले गर्न नमिल्ने उनको भनाइ थियो ।
रामनारायण बिडारीले प्रधानमन्त्री ओली बेठिक भएका कारण राज्यका सबै संयन्त्रहरुले दुःख पाएको बताए । प्रधानमन्त्री ओलीलाई असहज हुँदा कोरोना आउने र लकडाउन हुने तर प्रधानमन्त्रीलाई सहज हुँदा कोरोना नलाग्ने जस्तो गरिने गरेको उनले बताए । राष्ट्रपतिको मुख्य काम प्रधानमन्त्री नियुक्त गर्नु भएपनि राष्ट्रपतिले संवैधानिक काम गर्न नसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्