अनलाइन सेयर कारोबार अब ग्लोबल आईएमई बैंकबाट «

अनलाइन सेयर कारोबार अब ग्लोबल आईएमई बैंकबाट

ग्लोबल आईएमई बैंक नेप्सेको अनलाइन सेयर कारोबार प्रणालीमा आबद्घ भएको छ । यस मार्फत बैंकका ग्राहकहरूले स्वचालित प्रणालीबाट अनलाइन सेयर कारोबार गरी सेयर खरिद बिक्री बापतको रकम रकमान्तर तथा राफसाफ गर्न सक्ने बैंकले जनाएको छ । यसै सम्बन्धमा बैंकले लगानीकर्ताहरूलाई अझ बढी सुविधा प्रदान गर्ने उद्देश्यले ‘ग्लोबल सेयर लगानी बचत खाता’ सञ्चालनमा ल्याएको हो । यस बचत खाताबाट लगानीकर्ताहरूले घरमै बसी सजिलै स्वचालित अनलाइन प्रणालीबाट सेयर कारोबार गर्न तथा सेयर खरिद बिक्री बापतको रकम राफसाफ गर्न सकिनेछ ।
उच्चतम ब्यादर पाइने यस बचत खातामा निःशुल्क भाइबर र मोबाइल बैंकिङ, पहिलो वर्ष निःशुल्क डिम्याट खाता, मेरो सेयर खाता र डेबिट कार्ड उपलब्ध हुनेछ । यसका साथै आईपीओ र एफपीओबारे जानकारी लिनमिल्ने एवं आस्बा सुविधा, इन्टरनेट बैंकिङ र चेकबुक निःशुल्क पाइने भन्दै यसबाहेक लकर, क्रेडिड कार्ड र ऋण प्रोसेसिङमा ५० प्रतिशत छुट पनि पाइने जनाएको छ । यस अघि बैंकमा खाता भएका ग्राहकहरूले समेत इन्टरनेट बैंकिङ सेवा लिई अनलाइन सेयर कारोबार गर्न पाउने बैंकले जनायो ।

प्रतिक्रिया दिनुहोस्