सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा उपहार विजेतालाई रकम हस्तान्तरण «

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा उपहार विजेतालाई रकम हस्तान्तरण

सिटी एक्सप्रेस मनी ट्रान्सफरले १५ औं वार्षिकोत्सवको आवसरमा ‘न यति न उति सिधै लखपति’ योजनाको बिजेतालाई नगद हस्तान्तरण गरेको छ । कम्पनीले साउदीमा कार्यरत जागेश्वर भुसकुलिया यादवकी धर्मपत्नी फूलमति कुमारीलाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
कार्यालयको आन्तरिक छनोट प्रक्रियाबाट यस आर्थिक वर्षमा उल्लेखनिय कार्य गरे बापत विभिन्न विभाग र तहका ३ उत्कृष्ट कर्मचारीलाई पनि सम्मान गरेको छ ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १४ वर्षदेखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आएको छ । आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर रहेका १२ हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्