सामसङ ग्यालेक्सी ए–२२ सार्वजनिक «

सामसङ ग्यालेक्सी ए–२२ सार्वजनिक

सामसङ नेपालले ग्यालेक्सी ए–२२ सार्वजनिक गरेको छ । यसमा ६.४ इञ्च डिस्प्ले जडान गरिएको छ । फोनमा चार क्यामरा छन्, जसमा ४८ मेगापिक्सलको मुख्य क्यामराले रातमा स्पष्ट तस्बिर खिच्न मद्दत गर्छ ।
८ मेगापिक्सलको अल्ट्रा वाइड लेन्सले मानिसको आँखाले जस्तो देख्छ तेस्तै फोटो कैद गर्न सक्ने कम्पनीको दावी छ । दुई मेगापिक्सलको माइक्रो लेन्सले स्पष्ट तस्बिर खिच्न सकिन्छ । डेफ्थ क्यामराले उत्कृष्ट लाइभ फोकस गर्ने उल्लेख गरिएको छ ।
सेल्फी फोटो खिच्न पनि यो फोनको क्यामेरा निकै उपयोगी छ । फोनमा भएको १३ मेगापिक्सलको फ्रन्ट क्यामराले कम ब्याकग्राउण्डमा उच्चस्तरीय सेल्फी खिच्छ । फोनमा पाँच हजार एमएएच क्षमताको ब्याट्री छ । जसले घण्टौंसम्म बिना चार्ज मोबाइलको प्रयोग गर्न सकिन्छ । यसमा १५ वाटको फास्ट चार्जिङ सुविभा पनि छ, जसले बारम्बार फोन चार्ज गर्नुपर्ने झन्झट हुँदैन ।
फोनमा ६ जिबी ¥याम १२८ जिबीको स्टोरेज छ । यसमा प्रयोगकर्ताले आफूलाई मनपर्ने सामग्रीहरु राख्न सक्छन् । यो फोन ब्ल्याक, मिन्ट र भ्वाइलेट गरी तीर्न आकर्षक रंगहरुमा उपलब्ध छ । यसको मूल्य २७ हजार ९ सय ९९ तोकिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्