एनआईबीएल एस क्यापिटलको बिमा योजना «

एनआईबीएल एस क्यापिटलको बिमा योजना

नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटलले लगानी व्यवस्थापन सेवाअन्तर्गत आफ्ना लगानीकर्ताका लागि लगानी गर्ने नयाँ योजना ल्याएको छ ।
नेपालमै पहिलो पटक अप्रत्याशित रुपमा हुने दुर्घटनाका कारण पर्न सक्ने आर्थिक भारलाई समेत वहन गर्न सक्ने किसिमको लगानी व्यवस्थापन योजना यस क्यापिटले आफ्ना लगानीकर्ताहरुका लागि ल्याएको हो । यस योजना अन्तर्गत व्यवस्थित लगानी व्यवस्थापनका साथै लगानीकर्तालाई ५ लाख रूपैयाँसम्मको दुर्घटना बिमा प्रदान गरिने जनाएको छ ।
सो योजनामा लगानी व्यवस्थापन सेवाको पहिलो वार्षिक शुल्कमा ५० प्रतिशत छुट पनि दिइने छ । यसका साथै परिवारका ५ जना सदस्यलाई निःशुल्क डिम्याट खाता तथा मेरो सेयर खोलिने, पहिलो पटक थैली एप डाउनलोड गर्दा १०० रूपैयाँको टपअप, निःशुल्क सम्पत्ति व्यवस्थापन परामर्श सेवा र अनुसन्धानमा आधारित प्रतिवेदनमा पहुँच जस्ता थुपै्र सुबिधा दिइने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्