नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्सको ३१% बोनस सेयर सूचीकृत «

नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्सको ३१% बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल लाइफ इन्स्योरेन्सको ३१ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । नेपाल लाइफ इन्स्योरेन्जले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट चुक्ता पुँजीको कुल ५१ प्रतिशत लाभांश बाँडेको थियो । जसमा ३१ प्रतिशत बोनस सेयर र बाँकी २० प्रतिशत नगद लाभांश रहेको थियो ।
सोही ३१ प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो । जसअनुसार कम्पनीले जारी गरेको कुल १ करोड ७० लाख ३८ हजार ९८.५१ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

प्रतिक्रिया दिनुहोस्