चन्द्रमाको सुदुर क्षेत्रमा चिनियाँ यानको सफल अवतरण «

चन्द्रमाको सुदुर क्षेत्रमा चिनियाँ यानको सफल अवतरण

बेइजिङ-चीनको चाङ्गे–४ यान बिहीबार विहान चन्द्रमाको सुदुर क्षेत्रमा सफल अवतरण भएको छ । यसलाई ब्रह्मान्डको मानव खोजीमा महत्वपूर्ण क्रमभंगता भएको मानिएको छ ।
ल्यान्डर र रोभर लगायत चाङ्गे–४ लाई लङ मार्च–३बी क्यारियर रकेटको माध्यमबाड डिसेम्बर ८ मा लन्च गरिएको थियो ।
उक्त यान चन्द्रमाको सुदुर क्षेत्रको दक्षिणी ध्रुव अइटकेन बेसिनमा अवतरण भएको हो ।
१९५० को दसकदेखि १ सय भन्दा बढी स्पेसक्राफ्ट चन्द्रमामा लन्च गरिएको थियो । तर यी मध्ये कुनै पनि यानले चन्द्रमाको अध्यारो क्षेत्रमा सफ्ट ल्यान्डिङ गर्नका लागि सफल भएका नभएको चाइनिज एकेडेमी अफ साइन्सको मातहतमा रहेको चन्द्र अनुसन्धान विभागका एक विज्ञ जोउ योङलियाओले बताए ।
चाङ्गे–४ को अवतरणलाई उनले ऐतिहासिक उपलव्धि भएको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्