‘स्टार्टअप सम्मानका लागि मंगलबारसम्म निवेदन दिन सकिने «

‘स्टार्टअप सम्मानका लागि मंगलबारसम्म निवेदन दिन सकिने


उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘स्टार्टअप सम्मानका लागि आवेदन दिने म्याद चार दिन थप गरेको छ ।
नवप्रर्वतनात्मक उद्यम र संस्थालाई सम्मान गर्न भन्दै मन्त्रालयले पहिलो पटक असार १६ देखि २५ सम्म स्वतन्त्र आवेदन माग गरेको थियो । त्यसअवधिमा छुट भएकाहरुका लागि असार २९ गतेसम्म निवेदन दिन सकिने गरी मन्त्रालयले दोस्रो सूचना जारी गरेको हो ।
नवीनतम ज्ञान, सीप र क्षमता प्रयोग गरी नमूनायोग्य नवप्रर्वतनकारी उद्योग स्थापना गर्ने घरेलु, लघु, साना तथा मझौला उद्योगलाई सम्मान कार्यक्रममा सहभागी हुन मन्त्रालयले आहृवान गरेको छ ।
नवप्रर्वतनात्मक उद्यमीलाई प्रोत्साहन स्वरुप कदरपत्रसहित सम्मान गर्न लागिएको मन्त्रालयले जनाएको छ । प्रस्ताव पेश गर्नका लागि नेपालभित्रै सुधारिएको अथवा भित्र वस्तुको उत्पदान गरेको÷नविनको किसिमको सेवा प्रदान गर्ने पूर्ण वा आंशिक रुपमा नेपालभित्रै अनुसन्धान गरी नविन उत्पादन प्रक्रिया गरेको उद्योगमा हुने उत्पादन प्रक्रियामा नेपालभित्रै कुनै किसिमले परिर्वतन गरी उत्पादक्त्व वृद्धि गरी उत्पादन हुने गरेको हुनुपर्छ ।
उद्योगमा विषय विज्ञ, जनशक्ति कार्यरत हुनुपर्ने, प्रचलित नेपालमा कानून बमोजिम नेपाल भित्र, लुघ, घरेलु, साना तथा मझौला उद्योगको रुपमा दर्ता रहेको, उद्योग हाल सञ्चालनमा रहेको हुनुपर्ने,कर प्रयोजनका लागि स्थायी नम्बर लिएको हुनुपर्ने छ । आगामी अािर्थक वर्षको बजेटमार्फत स्टार्टअप व्यवसायको लागि विशेष व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्