पाकिस्तानकका लागि ४ अत्याधुनिक युद्धपोत बनाउदै चीन «

पाकिस्तानकका लागि ४ अत्याधुनिक युद्धपोत बनाउदै चीन

बेइजिङ-चीनले पाकिस्तानका लागि ४ अत्याधुनिक युद्धपोत बनाइरहेको छ । दुवै देशबीच रणनीतिक रुपमा एक द्विपक्षिय हतियार सम्झौता भएको थियो । यसको महत्वपूर्ण उद्देश्य हिन्द महासागरमा शक्ति सन्तुलन बनाउनु हो । यसै सम्झौता अनुरुप चीनले ४ युद्धपोत बनाउन लागेको हो ।
चाइना स्टेट सिपबिल्डिङ कर्पोरेसन (सीएसएससी) का अनुसार युद्धपोत अत्याधुनिक प्रविधि तथा हतियारबाट सु–सज्जित हुनेछ । सीएसएससीले भनेको छ,“यी युद्धपोतमा एन्टी शीप, एन्ट सबमरिन तथा एन्टी डिफेन्स अपरेसन क्षमता हुने छ ।”
यो युद्धपोत चिनियाँ नौसेनाको अत्याधुनिक गाइडेड मिसाइल फ्रिगेडकै एक भर्सन हो । यसको निर्माण चिनियाँ नेभीको अत्याधुनिक मिसाइल प्रविधि अनुरुपनै हुन लागेको छ ।
या पोत सांघाइस्थित हुदोङ झोङहुवा पोत कारखानामा निर्माण भइरहेको छ । यसका अतिरिक्त सीएसएससीले यो पोतको बारेमा थप जानकारी उपलव्ध गराएको छैन ।
दुवै देशले संयुक्त रुपमा जेएफ थण्डरको निर्माण पनि गरिरहेका छन् । यो एकल इन्जिनवाला लडाकु विमान हो । चीन पाकिस्तानमा हतियार आपूर्ति गर्ने सबैभन्दा ठूलो देश हो ।
पाकिस्तानी नौसेनको एक रिपोर्टका अनुसार यो युद्धपोत टाइप ०५४ एपी क्लासको हो । यसको अर्थ यो पिपुल्स लिबरेसन आर्मी (पीएलए) नौसेनाको टाइप ०५४ मा आधारित रहेको छ । टाइप ०५४ एपी सेनामा समावेश भएपछि पाकिस्तानी नौसेनाको लड्ने क्षमतामा दुई गुणाले वृद्धि हुने छ ।
पोतमा एक भर्टिकला लन्च सेल पनि हुने छ । जसबाट चिनियाँ एचक्यू–१६ एयर डिफेन्स मिसाइल तथा अन्य मिसाई प्रहार गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्