७४ अंकले बढ्यो नेप्से «

७४ अंकले बढ्यो नेप्से


लामो समयदेखि ओरालो लागिरहेको सेयर बजारमा आइतबार उच्च अंकको वृद्धि भएको छ । यसदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७४.७१ अंकले वृद्धि भई २८९९.८२ अंकमा पुगेको छ ।
नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त कम्पनीको सूची सार्वजनिक गर्दै संयमित भएर कारोबार गर्न सुझाव दिएसँगै एक महिनायता बजार प्रभावित भएको थियो । तीन हजार भन्दा माथि पुगेको नेप्से सूचक एक महिनामै करिब २ सय अंकले घटेको थियो ।
आइतबार बजारको वृद्धिसँगै कारोबार रकममा पनि सुुधार देखिएको छ । यसदिन २२५ कम्पनीका तीन करोड १५ लाख कित्ता सेयर किनबेचबाट ८ अर्ब बराबरको कारोबार भएको छ ।
यसअघि दैनिक २० अर्ब रुपैयाँसम्म सेयर कारोबार हुन थालेकोमा बजार घट्दै गएपछि ४ अर्बमा सीमित भएको थियो । आइतबार नेप्सेसँगै समूहगत परिसूचकहरु पनि सकारात्मक भएका छन् । यसदिन बैंकिङ ४५.१३, व्यापार ३४.८३, होटल तथा टुरिजम ८६.८, विकास बैंक ३५७.५, जलविद्युत् ७८.५५ अंकले बढेका छन् ।
यसैगरी फाइनान्स १८१.२६, निर्जीवन बिमा ३७८.५३, उत्पादन ९६.४, अन्य ९.०१, लघुवित्त १३३.५, जीवन बिमा ४८७.२, म्युचुअल फण्ड ०.१४ र लगानी समूह २.८२ अंकले बढेका छन् ।
आइतबार बढेको बजारमा १७८ कम्पनीको सेयर मूल्य उकालो लागेको छ । यसैगरी ४ वटा कम्पनीको मूल्य घटेको छ भने एक कम्पनीको स्थिर रहेको छ । यसदिन गुरास, श्री एन्भेष्टमेन्ट, आइसीएफसी फाइनान्स, साइन रेसुङगा डेभलमपेन्ट बैंक, मल्टीप्रपोज फाइनान्सलगायत कम्पनीको मूल्य बढेको छ ।

प्रतिक्रिया दिनुहोस्