सिभिल लघुवित्तको नयाँ शाखा रुपन्देहीको देवदहमा «

सिभिल लघुवित्तको नयाँ शाखा रुपन्देहीको देवदहमा

सिभिल लघुवित्तले रुपन्देही जिल्लाको देवदहमा नयाँ शाखा कार्यालय स्थापना गरेको छ । काठमाडौंमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको वित्तीय संस्थाले नयाँ खोलिएको शाखा कार्यालयसहित २९ जिल्लामा ६३ वटा शाखा कार्यालयमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
‘समृद्धिको सहयात्री’नारा लिई संस्थाले विपन्न वर्गका समुदायहरुको समृद्धिमा टेवा पु¥याउने उद्देश्यले आफ्ना सेवा ५०हजार घर परिवारमा पु¥याएको दावी गरेको छ ।
वित्तीय संस्थाले लघु उद्यम व्यवसाय सञ्चालन गराउन न्यून आय तथा विपन्न वर्गका व्यक्तिलाई संस्थाको सदस्यता दिई विनाधितो सामूहिक जमानीमा वा स्वीकारयोग्य धितोमा साथै समूहमा आवद्ध हुन नसकेका व्यक्तिलाई समेत स्वीकारयोग्य धितो लिई सरल तरीकाबाट वित्तीय पहँुच पु¥याउँदै आएको जनाएको छ ।
संस्थाले लघु बचत, लघुबिमा, विप्रेषण सेवाहरु उपलब्ध गराउँदै स्वास्थ्य, शिक्षा तथा वित्तीय साक्षरता जस्ता गैरवित्तीय सेवाहरु समेत उपलब्ध गराउँदै आएको छ । यसैगरी संस्थाले सदस्यहरुलाई आफ्नो बचत जम्मा गर्न तथा किस्ता भुक्तानी सहजताका लागि इसेवामार्फत समेत रकम पठाउन सकिने गरी सुविधा प्रदान गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्