सबैको लघुवित्तको वार्षिकोत्सवमा रक्तदान «

सबैको लघुवित्तको वार्षिकोत्सवमा रक्तदान

सबैको लघुवित्त वित्तीय संस्थाले आफ्नो पाँचौं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा २० जनाले रक्तदान गरेका थिए ।
यस संस्थाले स्थापना दिवसको उपलक्ष्यमा लमजुङको बेसीशहरस्थित मानव सेवा आश्रमलाई खाद्यान्न वितरण कार्यक्रम रहेको छ ।
हालसम्म ७ प्रदेशहरुका ४२ जिल्लाहरुमा ७७ शाखा कार्यालय, ४ अनुगमन मुकाम, सम्पर्क कार्यालय र केन्द्रीय कार्यालय गरी ८३ वटा कार्यालयबाट सबैको लघुवित्तले सेवा प्रदान गर्दै आएको जनाएको छ ।
सो सेवाबाट ५३ हजार ७ सय ६९ घरधुरीहरुमा सेवा विस्तार गरेका छन् । त्यस्तै लगानीमा रही रहेको कर्जा ३ अर्ब ४५ करोड रूपैयाँ रहेको र बचत ९१ करोड १३ लाख रहेको छ । आगामी दिनमा संस्थालाई सवल र उत्कृष्ट रुपमा सञ्चालन गर्दै लैजान संस्थाका प्रमुख कार्यकारी अधिकृत केशवकुमार पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्