कृषि फर्मलाई सामग्री हस्तान्तरण «

कृषि फर्मलाई सामग्री हस्तान्तरण

कृषि विकास बैंकको भारतपुर शाखाले युवा आधुनिक सामुहिक खेती फर्म भरतपुरलाई विभिन्न सामग्री हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कृषि सामग्री तथा उपकरणहरु हस्तान्तरण गरेको हो ।
सो अवसरमा बैंकको भरतपुर शाखाका प्रबन्धक दिनेशबाबु नेपालले कृषि क्षेत्रको विकासका ला िबैंक स्थापना भएकाले बदलिदो परिस्थिति अनुसार अन्य क्षेत्रलाई पनि समेट्दै लैजाने बताए । उनले बैंलकले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर कर्जा प्रवाह गर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्