वीरगन्ज उवासंघका समिति विस्तार «

वीरगन्ज उवासंघका समिति विस्तार

वीरगञ्ज उद्योग वाणिज्य संघले प्रचलित विधान बमोजिम विभिन्न समितिहरुको विस्तार भएको छ । संघमा गठित अन्तरदेशीय सम्बन्ध विस्तार समितिको संयोजकमा वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा नेपाल भारत सहयोग मञ्चका केन्द्रिय अध्यक्ष अशोककुमार वैद्यलाई मनोनयन गरेको छ ।


समिति विस्तार कार्यक्रममा संघका अध्यक्ष सुबोधकुमार गुप्ताले संघको सम्बन्ध विस्तार गर्ने उद्देश्यले गठित यस समिति आउँदा दिनमा संघको छविलाई उज्जवल बनाउने तर्फ आफ्नो भूमिका केन्द्रित राख्ने विश्वास व्यक्त गरे ।
अन्तरदेशीय सम्बन्ध विस्तार समितिका संयोजक वैद्यले संघको छवि सुधार्न प्रभावकारी भूमिका निर्वाह गर्ने बताए । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्ष श्रीहरि गौतम उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्