कृषि विकास बैंकको अनलाइन डिम्याट खातासहित नयाँ योजना «

कृषि विकास बैंकको अनलाइन डिम्याट खातासहित नयाँ योजना

कृषि विकास बैंकले नयाँ सेवा सुचारु गरको छ । बैंकले अनलाइनका माध्यमबाट एकै समयमा धेरै भन्दा धेरै सुविधा प्रवाह गर्ने अभिप्रयाले खाता खोल्ने प्रणालीको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले उद्घाटन गरी सेवा सुभारम्भ गरेका हुन् ।
यस सेवा अन्तरगत बैंकमा खाता भएका ग्राहकहरुले विना झण्झट अनलाइनका माध्यमबाट डिम्याट खाता, मेरो सेयर खाता, सिआरएन, मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा एटिएम कार्ड सेवाका लागि निवेदन दिन सक्नेछन् ।


बैंकमा खाता भई ग्राहक पहिचान विवरण अद्यावधिक गरेका सक्रिय खाता ग्राहकले स्वदेश तथा विदेश बाट अनलाइन निवेदनका आधारमा उक्त सेवाहरुको लागि अनुरोध गर्नसक्ने गरी नयाँ प्रविधिको सुरुवात गरेको हो । यसका अलावा बैंकमा खाता नभएका ग्राहकहरुले समेत देश विदेशबाट अनलाइनका माध्यमबाट समेत चल्ती, बचत खातासहित सवै सेवाहरु अनुरोध गर्न सक्ने छन् । यो सेवा सुरु भएसँगै पश्चात अनलाइनका माध्यमबाट सेवा अनुरोध गर्न सकिने छ भने कोभिडको यस माहामारिको अवस्थामा सेवा उपयोगका लागि बैंक धाउनु पर्ने अवस्थाको अन्त्य हुनेछ ।
यस सेवा पश्चात सेयर कारोबारमा सहजता प्रदान हुने, बैंकमा खाता भएका ग्राहकले थप ग्राहक पहिचान विवरण पेश गर्नु नपर्ने, नाबालकहरुको खाता खोल्न सहजता हुने, खाता खोल्न बैंक समक्ष पुग्नु नपर्ने, मोबाइल तथा इन्टरनेट बैंकिङका लागि आवेदन दिन सकिने छ । यसरी एकै निवेदनबाट बहुसेवामा पहुँच प¥याउन सकिने सरकारी बैंकमा कृषि विकास बैंक पहिलो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्