रोजगार कार्यक्रममा २ हजार ८५ जनालाइ रोजगार «

रोजगार कार्यक्रममा २ हजार ८५ जनालाइ रोजगार


दाङमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत हालसम्म २ हजार ८५ जनाले रोजगार प्राप्त गरेका छन् । चालु आर्थिक वर्ष २०७७/०७८ को हाल सम्म यो संख्यामा रोजगार प्राप्त गरेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रधानमन्त्री रोजगार कार्यक्रमले जनाएको छ । दाङमा हालसम्म २ हजार ८५ जनाले रोजगार प्राप्त गर्न सफल भएका हुन् । जिल्लामा रहेका १० वटा स्थानीय तहमा यो संख्यामा रोजगार प्राप्त गर्न सफल भएका हुन् । सरकारले नेपाल सरकारले आर्थिक वर्ष २०७५/०७६ बाट प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गरेको हो । यस अन्र्तगत बेरोजगारलाई १ सय दिनको रोजगार प्रदान गरिन्छ ।


बंलाचुली गाउँपालिकामा ३ सय १३ जनाले रोजगार प्राप्त गरेका छन् । गाउँपालिकामा ५२ वटा योजनामा रोजगार प्रदान गरिएको थियो भने उक्त स्थानमा १ हजार ५ सय ६ जनाले रोजगार प्राप्त गर्नका लागि सूचिकृत गराएका थिए । घोराही उप–महानगरपालिकामा ३ सय ४३ जनाले रोजगारी प्राप्त गरेका छन् । नगरका ३१ वटा योजनामा काम गरिएको थियो भने १ हजार २ सय ४८ जनाले रोजगार प्राप्त गर्नका लागि सूचिकृत गराएका थिए । तुलसीपुर उप–महानगरपालिकामा १ सय ८९ जनाले रोजगार प्राप्त गरेका छन् । नगरका १२ वटा योजनामा रोजगार प्रदान गरिएको थियो । २ हजार २ सय ८१ जनाले रोजगार प्राप्त गर्नका लागि सूचिकृत गराएका थिए ।


यसैगरी शान्तिनगर गाउँपालिका २ सय १६ जनाले रोजगार प्राप्त गरेका छन् । गाउँपालिकामा ९ वटा आयोजनाका रोजगार प्रदान गरिएको थियो । रोजगार प्राप्त गर्नका लागि ९ सय ९६ जना जना सूचिकृत भएका थिए । बबइ गाउँपालिकामा १ सय ७२ जनाले रोजगार प्राप्त गरेका छन् । गाउँपालिकामा ७ वटा आयोजनामा रोगार प्रदान गरिएको हो । रोजगारको लागि ५ सय ९३ जना सूचिकृत गराएका थिए । दंशीरण गाउँपालिकामा १८ जनाले मात्र रोजगार प्राप्त गरेका छन् । गाउँपालिकामा ५ वटा आयोजनामा रोजगार प्रदान गरिएको थियो । रोजगार प्राप्त गर्नका लागि ७२ जना सूचिकृत भएका थिए । यसैगरी लमही नगरपालिकामा २ सय ८९ जनाले रोजगार प्राप्त गरेका छन् । नगरपालिकाको १९ वटा आयोजनामा रोजगार प्रदान गरिएको थियो । रोजगार प्राप्त गर्नका लागि १ हजार १ सय १८ जनाले सूचिकृत गराएका थिए ।


राप्ती गाउँपालिकामा १ सय ५७ जना रोजगार प्राप्त गरेका छन् । गाउँपालिकामा १५ वटा आयोजनामा रोजगार प्रदान गरिएको हो । रोजगार प्राप्त गर्नका लागि १ हजार २ सय ८ जना सूचिकृत भएका थिए । गढवा गाउँपालिकामा २ सय ४० जनाले रोजगार प्राप्त गरेका छन् । गाउँपालिकामा २१ वटा आयोजनामा रोजगार प्रदान गरिएको हो । रोजगार प्राप्त गर्नका लागि १ हजार ४ जना सूचिकृत भएका थिए । यस्तै राजपुर गाउँपालिकामा १ सय ४८ जनाले रोजगार प्राप्त गरेका छन् । गाउँपालिकामा ११ वटा आयोजनामा रोजगार प्रदान गरिएको थियो । रोजगार प्राप्त गर्नका लागि ४ सय जना सूचिकृत भएका थिए ।


सबै नागरिकलाई न्यूनतम रोजगारीको प्रत्याभूति हुने गरी मौलिक हकका रुपमा रहेको रोजगारीको हकको कार्यान्वयन गर्ने, आन्तरिक रोजगारी र उद्यमशीलताको प्रवद्र्धन गरी वैदेशिक रोजगारीको बढ्दो निर्भरतालाई कम गर्ने, कामका लागि पारिश्रमिकमार्फत गरिबी न्यूनीकरण र सामाजिक संरक्षणमा योगदान पु¥याउने र स्थानीयस्तरमा विकास निर्माण कार्य मार्फत सार्वजनिक पुँजी निर्माण गरी स्थानीयको जीवनस्तर सुधार गर्न मद्दत पु¥याउने उद्देश्यले यस प्रकारको कार्यक्रम लागू गरिएको हो ।

यो कार्यक्रम अन्तर्गत रोजगारी सिर्जनाका प्रमुख क्षेत्रहरुमा सडक, खानेपानी, ढल व्यवस्थापन, सिँचाइ, ऊर्जा, शहरी विकास, शिक्षा, स्वास्थ्य, पुन निर्माण, पर्यटन, वन, सामुदायिक पूर्वाधार, कृषि तथा सहकारी, सूचना प्रविधि, वातावरण संरक्षण तथा जलवायु अनुकूलनलगायत रोजगार सिर्जना हुन सक्ने अन्य क्षेत्रलाई समेटिएको छ । तर यस कार्यक्रममा सरकारले अपेक्षा गरे अनुसार नागरिकको सहभागिता हुन सकेको छैन । रोजगार कार्यक्रममा भन्दा अन्य स्थानमा काम गर्दा बढी कमाइ हुने शिक्षित व्यक्तिले भनेको अनुसार काम नपाउने भएकाले आकर्षण नभएको बताइएको छ ।


यस प्रकारको कार्यक्रम प्रधानमन्त्री रोजगार कार्य विधि अनुसार खर्च हुने गरेको छ । कार्यविधि अनुसार आएको बजेटमध्ये ७० प्रतिशत ज्यालामा, १ प्रतिशत प्राविधिक खर्च, २५ प्रतिशत निर्माण सामग्री खर्च, २ प्रतिशत औजार खर्च र २ प्रतिशत सुरक्षा सामग्रीमा खर्च गरिने छ । कोभिडका कारण यस वर्ष सुरक्षा सामग्रीमा मास्क र सेनिटाइजर प्रदान गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्