Logo

नागढुंगा सुरुङमार्ग २ सय ८५ मिटर पूरा


नागढुंगा सुरुङमार्ग आयोजनाको मुख्य सुरुङमार्ग २ सय ५८ मिटर, क्रस प्यासेज ९.५ मिटर, आकस्मिक मार्गतर्फ ६ सय १८ मिटर र खनिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाले जनाएको छ ।
४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी ०७६ कात्तिक ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले २.६७ किलोमिटर लम्बाइको सुरुङमार्गको शिलान्यास गरेका थिए । लम्बाइ २.६७ किमि, चौडाइ ३.५ किमि, दुवैतर्फ ०.५ मिटर पानी बगाउने नाली, एप्रोच मार्ग, पूर्व लम्बाइ २.३२ किमि, पश्चिम लम्बाई ०.५६५ किमि निर्माण हुनेछन् । कोभिड–१९ र आन्तरिक तयारीका कारण केही ढिलो भएको थियो । २०२२ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । आयोजना स्थलमा निर्माणका लागि सुरुङमार्ग खन्न निर्माणस्थलसम्म पहुँच मार्ग, खोलामा बेग्लै कल्भर्ट बनाउने काम पूरा भएसँगै सुरुङमार्ग खन्ने काम सुरु भएको थियो ।
दुईवटा सुरुङमार्ग निर्माण गरिनेछ । पहिलो आकस्मिक सवारीका लागि कुल ४ मिटर चौडाइको र अर्काे ९ मिटर चौडाइको निर्माण हुनेछ । सुरुङमार्गबाट पेट्रोलियम पदार्थ र दुईपाङ्ग्रे सवारीलाई भने प्रतिबन्ध गरिनेछ ।
जापानको निर्माण कम्पनी हाज्मा एन्दो करपोरेसनले निर्माणको जिम्मा लिएको सुरुङमार्गको धादिङतर्फ र काठमाडौंतर्फको भागमा एकैसाथ खन्ने काम भइरहेको छ । दुई इन्टर चेन्ज (फ्लाईओभर र अन्डरपास) ब्रिजसहित निर्माण हुनेछ । रोड साइड सर्भिस सेन्टर (रेस्टुराँ, शौचालय, डिपार्टमेन्ट स्टोर) सहित धादिङतर्फको क्षेत्रमा पार्किङ स्थल, नागढुंगा सुरुङमार्ग तथा एप्रोच सडकको निर्माणका लागि त्रिभुवन राजमार्गको बलम्बु, काठमाडौंबाट सुरु भएर आकाशटोल, त्रिवेणीघाट, दहचोक, टुटीपाखा हुँदै त्रिभूवन राजमार्गको धादिङ सिस्ने खोलामा गएर राजमार्गलाई जोड्नेछ ।
सुरुङमार्गले नागढुंगा–सिस्नेखोला करिब ९ किमि दूरीलाई ३ किमिमा छोट्याउनेछ । सुरुङमार्ग र फ्लाई ओभर नेपालको पहिलो पूर्वाधार हो । नेपाल सरकारको ६ अर्ब र जापान सरकारको १६ अर्ब ऋण सहयोग गरी कुल करिब २२ अर्ब रुपैयाँ लगानीमा सुरुङमार्ग निर्माण हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्