सामसङको ग्यालेक्सी एम३२ स्मार्ट फोन नेपाली बजारमा «

सामसङको ग्यालेक्सी एम३२ स्मार्ट फोन नेपाली बजारमा

सामसङले नेपाली बजारमा ‘विगमोन्स्टर’ अन्तर्गत एम सिरिजको अर्को नयाँ स्मार्ट फोन ‘ग्यालेक्सी एम३२’ सार्वजनिक गरेको छ । यो नयाँ स्मार्ट फोनले नयाँ युवाहरुका मुभि, गेम, सोसल मिडिया जस्ता सम्पूर्ण आवश्यकतालाई यो सहजै पूरा गर्न सक्ने कम्पनीको दावी छ ।


यसमा ९० एचजेड रिफ्रेस रेटको साथ ६.४ इन्चको एफएचडी प्लस सुपर एमोलिड रहेको छ । यसमा भएको सुविधाले न्यूनतम मोसन ब्लरको साथ प्रयोगकर्तालाई सिनेम्याटिक भ्युको जीवन्त अनुभव समेत प्रदान गर्दछ । यसको स्क्रिन ब्राइटनेस ८००निट्सले ग्यालेक्सी एम३२ लाई अझै शक्तिशाली एवं ब्राइटेस्ट डिस्प्ले प्रदान गरेको छ । यस्तो सुविधा यस अघि एम सिरिजहरुमा उपलब्ध रहेका थिएनन् ।


नयाँ ग्यालेकसी एम३२ मा ६.४ इन्चको एफएचडी प्लस सुपर एमोलिड इन्फिनिटी यू स्क्रिन रहेको छ । ९० एचजेड रिफ्रेस रेटको साथ यसमा भएको एफएचडी प्लस सुपर एमोलिड इन्फिनिटी यू स्क्रिनले मोसन ब्लरलाई अझै कम गर्न सहयोग दिन्छ । यस फोनमा अनलिमिटेड कन्टेन्ट स्ट्रिमिङ्ग, भिडिओ कल तथा अनलाइन कोर्स लिन थप सहजता प्राप्त हुन्छ । यो समूहमा उच्च ब्राइटनेस यस फोनमा रहेको छ । ८०० निट्सको मोडले चमकिलो सूर्यको प्रकाशमा पनि उत्कृष्ट दृश्याबलोकनको अनुभव प्रदान गर्दछ ।


६००० एमएएचको ब्याट्री रहेको सो मोडलमा दिन रात विना अवरोध स्मार्टफोन सञ्चालन गर्न सकिन्छ । यसले २५ वाटको चार्जिङ्गलाई सपोर्ट गर्दछ, त्यसैले यो स्मार्टफोनको खरिदमा १५ वाटको फास्ट चार्जर समेत प्रदान गरिएको छ । यसमा भएको बृहत् ब्याट्री सुविधाले बारम्बार चार्ज गरिरहनु पर्ने झन्झटबाट मुक्ति समेत दिने विश्वास लिइएको छ ।


यसमा ‘ओक्टा कोर मेडिटेकहेलियो जी८० प्रोसेसर’ रहेको छ यसले पनि मल्टिटास्किङ्गमा थप सहजता प्रदान गर्दछ । यसमा प्रयोगकर्ताले क्लिकको भरमा आफ्नै एल्बम तथा फिड सुनिश्चित गर्न सक्ने कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्