एभरेष्ट बैंकको झण्डा सगरमाथाको चुचुरोमा «

एभरेष्ट बैंकको झण्डा सगरमाथाको चुचुरोमा

एभरेष्ट बैंकले गत १६ गते आफ्नो ब्राण्ड फेसका रुपमा रहेका कीर्तिमानी आरोही मिङ्माडेविड शेर्पामार्फत सर्वोच्च शिखर सगरमाथामा आफ्नो झण्डा फहराएको छ ।
बिहीबार केन्द्रिय कार्यालयमा भएको एक कार्यक्रममा सो झण्डा शेर्पाले बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत डा. संधिर कुमारलाई हस्तान्तरण गरेका छन् । सो कार्यक्रममा बैंकका विभिन्न कर्मचारी पनि उपस्थित थिए ।
यस्तै बैंकले ग्रिसमकालमा पाकिस्तानको माउण्ट केटु हिमालको सफलतापूर्वक आरोहण गरेका कीर्तिमानी आरोही सोनाम शेर्पालाई समेत सम्मान गरेको छ ।
बैंकमा हालसम्म ११ लाखभन्दा बढी ग्राहकहरु रहेका छन् । त्यसैगरी देशैभरी १०३ शाखा संजाल, १३५ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंङ सुविधा प्रदान गर्दै आएको बैंक्ले जनाएको छ । इरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवादिदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्