ताइवानको स्वतन्त्रता त्रासदीपूर्णःशी जिनपिङ «

ताइवानको स्वतन्त्रता त्रासदीपूर्णःशी जिनपिङ

बेइजिङ-चिनियाँ राष्ट्रपति शी जिनिपिङले ताइवानको स्वतन्त्रता त्रासदीपूर्ण हुने बताएका छन् । शान्तिपूर्ण विलय गर्नुन उसका लागि उत्तम हुने शीको भनाई छ । चीनले सैन्य सक्तिको प्रयोग पनि स्वीकार नगर्ने राष्ट्रपतिको भनाई छ । यो द्विपलाई अन्त्यमा चीनसँग मिलाइने बुधबार उनले बताए ।
बेइजिङमा रहेको ग्रेट हल अफ द पिपुलमा प्रमुख ताइवानी नीतिको ४० औं वर्ष पुरा गरेको अवसरमा बोल्दै उनले भने,“एक चीन सिद्धान्तको आधारमा ताइवान चीनमा विलय हुनुपर्छ ।” यो सिद्धान्तले ताइवानलाई चीनको एक हिस्साको रुपमा मान्ने गरेको छ । ताइवानका सबैले स्पष्ट रुपमा ताइवानको स्वतन्त्रता त्रासदीपूर्ण हुने रुपमा लिनु पर्ने उनले बताए ।
“ताइवानको शान्तिपूर्ण विलयका लागि हामी सबै बाटो खुला राख्नका लागि तयार छौ । तर छुट्टिने विषयको गतिविधिमा हाम्रा लागि कुनै स्थान छैन,”शीले भने ।
चीन यो काममा अवरोध सिर्जना गर्ने किसिमका सबै बाह्य तत्वका बिरुद्धमा आवश्यक कदम उठाउनकमा लागि तयार भएको पनि उनले बताए । सेना प्रयोग नगर्ने कुनै पनि किसिमको प्रतिबद्धता नजानाउने तथा सबै किसिमको विकल्प खुला राख्ने पनि उनले बताए ।
चीन र ताइवानले एक अर्काको संप्रभुतालाई मान्यता दिएका छैनन । दुवैले आफुलाई वास्तविक चीन मान्दै आएका छन् । चीनको आधिकारिक नाम पिपुल्स रिपब्लिक अफ चाइना हो । यसैलाई विश्वले ताइवानको नामले चिन्दै आएका छन् ।
ताइवान यस्तो द्विप हो जुन १९५० देखि स्वतन्त्र रहदै आएको छ । तर चीनले यो मुलुकलाई आफ्नो बिद्रोही राज्य मान्दै आएको छ । चीनले ताइवान आफ्नो मुलुकमा समावेश हुन आवश्यक भएको बताएको छ । यसका लागि आवश्यक भएमा बल समेत प्रयोग गरिने भनाई चीनको रहदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्