विदेशी लगानीकर्तालाई पर्याप्त अवसरः अध्यक्ष गोल्छा «

विदेशी लगानीकर्तालाई पर्याप्त अवसरः अध्यक्ष गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले फ्रान्सेली लगानीकर्तालाई नेपालमा लगानी गरी अधिकतम लाभ उठाउन आग्रह गरेका छन् । नेपाल फ्रान्स व्यावसायिक मञ्चको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले नेपाल लगानी भित्र्याउन तयार रहेको बताए ।
उनले नेपाल आर्थिक विकास र समृद्धिको मार्गमा अगाडि बढिसकेकाले नेपालमा पूर्वाधार विकास, पर्यटन, अर्थतन्त्रको डिजिटलाइजेसन, कृषि प्रशोधन उद्योगमा सम्भावना रहेको फ्रान्सेली लगानीकर्तालाई आग्रह गरे ।


अध्यक्ष गोल्छाले महासंघले अगाडि बढाएको राष्ट्रिय आर्थिक रूपान्तरण रणनीति २०३० (नेट २०३०) का विषयमा पनि जानकारी गराए । नेट २०३० मा लगानीका क्षेत्रका विषयमा स्पष्ट किटान गरिएको भन्दै उनले विशेषगरी सन् २०३० सम्म नेपालको अर्थतन्त्र १ सय अर्ब अमेरिकी डलर पु¥याउने, थप २३ लाख रोजगारी सिर्जना गर्ने र अर्थतन्त्रसँग व्यापार घाटाको अनुपात आधा घटाउने लक्ष्य लिइएका छन् ।
हालसम्म फ्रान्सबाट एक सय ७ परियोजनामा करिब एक अर्ब रुपैयाँको लगानी प्रतिवद्धता आएको छ । व्यापार प्रवद्र्धन केन्द्रका अनुसार गत वर्ष फ्रान्ससँगको व्यापार घाटा करिब साढे ८ अर्ब रुपैयाँ छ ।


नेपाल उद्योग वाणिज्य महासंघ र फ्रान्सको मेडेफ इन्टरनेशनल आयोजना गरेको उक्त कार्यक्रमलाई काठमाडौ स्थित फान्सली दूतावास र पेरिसस्थित नेपाली दूतावासको सहयोग रहेको थियो । बैठकमा दुवै देशबाट ५० जना उद्यमी व्यवसायी सहभागी थिए । बैठकमा दुवै देशबाट विमानस्थल इन्जिनियरिङ, निर्माण, डिजिटल सेक्यूरिटी, बैकिङ, शिक्षा, स्वास्थ्य, कृषि, बैकिङ, पर्यटन, उर्जा, खाद्य प्रशोधन, अटोमोवाइल, रेमिट्यान्स लगायतका क्षेत्रबाट प्रतिनिधित्व रहेको थियो ।


महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले द्विपक्षीय सम्बन्धलाई थप मजबुद पार्दै एक अर्काबाट आपसी लाभ उठाउन नेपाल फ्रान्स विजजेश फोरम जस्ता मञ्चको अधिकतम प्रयोगमा जोड दिए । नेपाल बाह्य लगानीको भोको रहेकाले नेपालमा लगानी गर्न उनले आग्रह गरे । पर्यटन तथा आतिथ्यता क्षेत्रमा रहेको फ्रान्सको विज्ञता नेपालको पर्यटन प्रवद्र्धनमा पनि आकर्षण गर्नुपर्ने सुभाव उनले दिए । बैकिङ क्षेत्रमा पनि लगानीको सम्भाव्यता रहेको उनको भनाइ छ ।


महासंघको अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धन फोरमका सभापति आनन्द वगाडियाले विदेशी लगानीकर्तालाई सहजीकरण गर्न महासंघले संयन्त्र निर्माण गरिरहेको बताए ।
नेपालका लागि फ्रेन्सेली राजदूत फंस्वा–जाभिए लेजे र पेरिसस्थित नेपाली राजदूत दिपक अधिकारीले नेपालमा रहेको अधिकतम लगानीको सम्भाव्यतालाई यथार्थतामा रूपान्तरण गरि लाभ उठाउन जोड दिए । आपसी लगानी विस्तार गर्न र निजी क्षेत्रबीचको सम्बन्ध विस्तारमा यो बैठक कोशेढुंगा हुने उनीहरुले विस्वास व्यक्त गरे ।
मेडेफको भारत तथा नेपालका लागि प्रमुख डेनियल मात्रेले नेपालमा लगानीको वातावरणलाई आफूले नजिकबाट नियालीरहेको बताउँदै भारतमा रहेको फ्रान्सेली संयुक्त लगानीलाई नेपालमा आकर्षित गर्न आफ्नो तर्फबाट प्रयास भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्