एकै क्षेत्रका ११९ महिलामा उच्च डिप्रेसन «

एकै क्षेत्रका ११९ महिलामा उच्च डिप्रेसन

सल्यान-सल्यानको पश्चिम क्षेत्रका महिलामा डिपे्रसनको उच्चजोखिम देखिएको छ । घरायसी झगडा, पारिवारिक कलह र वित्तीय संस्थाबाट लिएको ऋणका कारण बढी तनावमा हुँदा उनीहरूमा डिप्रेसन बढेको हो ।
वित्तीय संस्थामा आफूअनुकूल लिएको ऋणको किस्ता तिर्ने कुराले समस्या निम्त्याएको छ । किस्ता तिर्नका लागि कतिपय घर परिवारमा झगडाको रूप लिएको छ भने कतिपय महिलाले आफूअनुकूल ऋण लिएको र त्यो ऋण परिवारले तिर्न नमान्दा ग्राहो भएको बताएका छन् । स्वास्थ्यचौकी देवस्थलमा मात्रै मानसिक समस्या, छारे, मानसिक असन्तुलन, चिन्ता, दिकदारीपन लगायतका कारण ११९ जनामा यो समस्या उत्पन्न भई औषधि सेवन गरिरहेको पाइएका छन् । अधिकांश महिलामा डिप्रसेन हुनुमा पारिवारिक समस्या नै प्रमुख कारण रहेको स्वास्थ्यचौकी देवस्थलकी अनमी लालीका चौधरीले बताइन् । २० देखि ४० वर्ष उम्मेर समूहका महिलामा यो समस्या बढी छ । मानसिक समस्या भएका विरामीले सुधार भएमा २२ महिना र सुधार हुन नसकेमा बढीमा ५ वर्षदेखि ६ वर्षसम्म औषधि सेवन गर्नुपर्छ । घरायसी झैझगडाका कारण यो समस्या निम्तिएको चौधरीको दाबी छ । सल्यानको पश्चिम क्षेत्रका अन्य स्वास्थ्यचौकीमा पनि डिप्रेसनको औषधि खानेको संख्या बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्