शिक्षा र शिक्षाशास्त्रीय मूल्य «

शिक्षा र शिक्षाशास्त्रीय मूल्य

आजसम्म आइपुग्दा, तोते बोलीका ती कलिला बालबच्चालाई सोध्नुहोस्, ‘ठूलो भएपछि तिमी के बन्छौ ?’ धेरैजसोले उत्तर दिन्छन्– डाक्टर, पाइलट, इन्जिनियर । समाजले, परिवारले यति मात्र सिकाएको हुन्छ । यी विषयगत सोच उच्च कोटिका छन् तर उसको इच्छा, रुचि र क्षमतासमेत परिवार र समाजकै चौघेराबाट निर्दिष्ट बनिदिन्छ । एसईई लेखेपश्चात् आज नयाँ पुस्ता अलि मेधावी भए साइन्स(विज्ञान) नत्र कमर्स (व्यवस्थापन) या त स्टाफ नर्स (परिचारिका), होटल मेनेज्मेन्टतिर कोल्टिन्छन् । अलिअलि आट्र्स (मानविकी) तिर ढल्किन्छन् । जब पढाइको स्तर बढ्न थाल्छ, तब भन्छन्– ‘पाएसम्म विदेश जान्छु ।’ कमैले असल किसान बनेर आधुनिक कृषि प्रवद्र्धनको सोच राख्दा रहेछन् । सबै खाले जनशक्ति उत्पादन हुनुमै देशको हित हुन्छ तर असल समाजसेवी, शिक्षक बन्ने सोच त विरलै होला । पशुपालन, मौरीपालनजस्ता कुरा त अति नै कम हुन्छन् । अलि सहरतिर हेर्दा धेरैजसो बालबच्चाले खेलको क्षेत्रमा रुचि राखेको बुझिन्छ । दिनदिनै प्रतिस्पर्धात्मक दौडमा शैक्षिक वातावरण मोडिरहेको छ— आज । नव प्रवर्तनमा लम्केको समाजमा शिक्षा चुनौतीको विषय बन्दै गर्दा मानवीय इच्छा र रुचिमा समेत परिवर्तन भइरहेकै छन् । मूलत: हिमाली क्षेत्रतिरका, अलि गरिब र शिक्षाको आभाले प्रभाव पार्न नसकेको बाहेक अन्य अभिभावकले पढाउनुपर्छ भन्ने बुझ्न थाल्दै गर्दा आज शिक्षाशास्त्रको मूल्य नवपुस्ताको नजरबाट ओझेलिँदै छ । लाखौँ खर्च गरेर पढेका नवपुस्ताहरूलाई बेरोजगारी पीडाको चरमोत्कर्षले बिदेसिएर पौरख बेच्ने बाध्यता साँच्चै परम्परा बन्न थालेको छ । आजसम्म आइपुग्दा, तोते बोलीका ती कलिला बालबच्चालाई सोध्नुहोस्, ‘ठूलो भएपछि तिमी के बन्छौ ?’ धेरैजसोले उत्तर दिन्छन्– डाक्टर, पाइलट, इन्जिनियर । समाजले, परिवारले यति मात्र सिकाएको हुन्छ । यी विषयगत सोच उच्च कोटिका छन् तर उसको इच्छा, रुचि र क्षमतासमेत परिवार र समाजकै चौघेराबाट निर्दिष्ट बनिदिन्छ । एसईई लेखेपश्चात् आज नयाँ पुस्ता अलि मेधावी भए साइन्स(विज्ञान) नत्र कमर्स (व्यवस्थापन) या त स्टाफ नर्स (परिचारिका), होटल मेनेज्मेन्टतिर कोल्टिन्छन् । अलिअलि आट्र्स (मानविकी) तिर ढल्किन्छन् । जब पढाइको स्तर बढ्न थाल्छ, तब भन्छन्– ‘पाएसम्म विदेश जान्छु ।’ कमैले असल किसान बनेर आधुनिक कृषि प्रवद्र्धनको सोच राख्दा रहेछन् । सबै खाले जनशक्ति उत्पादन हुनुमै देशको हित हुन्छ तर असल समाजसेवी, शिक्षक बन्ने सोच त विरलै होला । पशुपालन, मौरीपालनजस्ता कुरा त अति नै कम हुन्छन् । अलि सहरतिर हेर्दा धेरैजसो बालबच्चाले खेलको क्षेत्रमा रुचि राखेको बुझिन्छ । दिनदिनै प्रतिस्पर्धात्मक दौडमा शैक्षिक वातावरण मोडिरहेको छ— आज । नव प्रवर्तनमा लम्केको समाजमा शिक्षा चुनौतीको विषय बन्दै गर्दा मानवीय इच्छा र रुचिमा समेत परिवर्तन भइरहेकै छन् । मूलत: हिमाली क्षेत्रतिरका, अलि गरिब र शिक्षाको आभाले प्रभाव पार्न नसकेको बाहेक अन्य अभिभावकले पढाउनुपर्छ भन्ने बुझ्न थाल्दै गर्दा आज शिक्षाशास्त्रको मूल्य नवपुस्ताको नजरबाट ओझेलिँदै छ । लाखौँ खर्च गरेर पढेका नवपुस्ताहरूलाई बेरोजगारी पीडाको चरमोत्कर्षले बिदेसिएर पौरख बेच्ने बाध्यता साँच्चै परम्परा बन्न थालेको छ । 
वास्तवमा सीपमूलक तथा प्राविधिक कला र विज्ञान मिश्रित शिक्षाशास्त्र संकायका बारेमा जेजस्ता चर्चा भइरहेका भए पनि दिगो विकासको पिलर नै शिक्षा हो । वास्तविकतालाई केलाउँदा करार, अस्थायी, राहत तथा स्थायी शिक्षकभित्र पृथक दर्जाको संगठनात्मक पद्धतिमा एकरूपता नरहनु मनोवैज्ञानिक चुनौती हो । योग्यता र काम अनुसारको दाममा समानता हुन नसक्दा शिक्षा विषय पढाउँदै आइरहेका कतिपय सहरी क्षेत्रमा कलेज तथा प्राध्यापकलाई परिवार पालेर जीवन धान्नै गाह्रो हुन्छ । ग्रामीण क्षेत्रमा पनि अन्य विषय पढ्न नसक्नेले पढ्ने सङ्कायको रूपमा शिक्षाशास्त्र उपहासमा जिउन थालेको भान हुन्छ । ‘ए’ ग्रेडको माइन्डले चलाउनुपर्ने शिक्षालयमा तल्लो स्तरको ग्रेडका विद्यार्थीले अन्त कतै असक्षम बन्दा अन्तिम विकल्पमा भर्ना पाउँछन् भने त्यो देशको बौद्धिक वर्ग कसरी सबल हुन्छ ? जसले विद्यार्थीमा ज्ञानको बिज अङ्कुरण गराउनेजस्तो महान् कार्य गर्छ ऊ स्वयम् पनि आफ्नो पेसामा आत्मसन्तोषी छैन । खरिदारै भए पनि निजामती कर्मचारी भए प्रशस्त सम्भावनाका सपनाको सम्मान प्राप्त गर्ने अवसर मिलाउँछ— हाम्रो समाज । व्यवस्थापकीय रूपमा मन्त्रालयको सेवामा सम्मान पाउलान्, जिल्ला तहमा पाउलान्, क्याम्पसतिर पढाउनेसम्मको अलिकति मूल्य रहला— विशेषत: ट्युसन पाइने विषयमा यद्यपि विद्यालयमा रातोदिन पढाउने, सिकारुकै भविष्यमा सोचमग्न रहेका शिक्षकलाई ग्रामीण दुर्गममा अलिअलि सम्मान गर्लान् तर सुगम र सहरी समाजले झिनो व्यवसायको संज्ञा दिन्छ । त्यही शिक्षकले एक–एक गरेर हातमा खरी थमाउँदै हरेक दक्ष जनशक्तिलाई कखरा सिकाइरहेको हुन्छ । कतिपय शिक्षकमा कमजोरी होलान्, सबैमा सेवाप्रति समर्पण तथा लगावको रौनक नहोला तर देशका होनहार तथा उच्च कर्मचारीलाई शिक्षकले नै तातेताते गराएर हुर्काएको हुन्छ ।
अलिकति सहरी परिवेशतिर आँखा डुलाउँदा विज्ञान, व्यवस्थापन सङ्कायमा विद्यार्थीको भीड बढेसँगै अन्य सङ्कायका तुलनामा शिक्षाशास्त्रमा विद्यार्थीको झुकाव घटेको देखिन्छ । सरकाद्वारा संघीय शिक्षा नीतिको विषयमा गृहकार्य गरेको कार्यलाई सुझाउँदै शिक्षक र समय सान्दर्भिक ऐन–कानुनको आधारबाट नवीन संरचना ल्याउने योजनालाई शिक्षामन्त्रीले प्रस्ट्याउनुभएको समाचार आइरहेका छन् । भनौँ, सार्वजनिक शिक्षाको रूपान्तरणमा विकेन्द्रिकृत सोच र राजनीतिक परिवर्तनसँगै शिक्षाको संरचना बदलिने तरखर गर्दै गरेको महसुस हुँदै छ । सोही अनुरूप उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले प्रारभिक प्रतिवेदनसँगै दीर्घकालीन शिक्षा विकासको परिकल्पनासहित नवीनता दिन चाहेको बुझिन्छ ।
तालिम प्राप्त शिक्षकले प्रभावकारी शिक्षण गरेर दक्ष जनशक्ति उत्पादन गर्न कसरी भूमिका खेलेको होला त ? सरकारले आज अलिकति शिक्षामा पनि चासो दिइरहँदा आजका युवा पुस्ताको नजरबाट यो सङ्काय किन ओझेलमा परिरहको छ ? त्यसो त शिक्षक सेवा आयोगले खुलाएको आवेदन भर्नेको लर्काे हेर्दा यो कुरा सत्य लाग्दैन । वर्तमान परिवेशलाई नियाल्दा शिक्षण कार्यका लागि दक्ष तथा तालिम प्राप्त लाइसेन्स लिएका ७ लाख सक्षम युवाहरू बेरोजगार रहेको पीडा छ । जनशक्तिको आवश्यकता पनि छ, जनशक्ति पनि छ । यद्यपि सबैले शिक्षक सेवामा नाम निकाल्छन् भन्ने पनि छैन र नाम निकाल्न नसक्ने असक्षम तर नाम निकालेका पारखी शिक्षक बन्छन् भन्ने पनि कुनै कसी छैन । तथापि शैक्षिक विकासमा विभेदीकृत सोच र विचलनले आजका नव सर्जकको नजरबाट शिक्षा संकाय ओझेलिँदा भोलिको शैक्षिक गुणस्तर कमजोर बन्न पुग्ने देखिन्छ । यसमा विषयगत ज्ञान, अनुभव र लगनशीलता तथा शिक्षकको खुबी नै महत्वपूर्ण पक्ष हुन् । शिक्षण सेवा अरू अवसर नपाउँदाको वैकल्पिक पेसा नभएर हरेक क्षेत्रका दक्ष, प्राविधिक शक्ति उत्पादन गर्ने आधार हो, राष्ट्र विकासको जग हो । सबै विषय र सङ्कायको क्षेत्रगत आधारमा उत्तिकै महत्व रहेको हुन्छ तर एउटा सफल शिक्षकलाई व्यक्तिगत, शैक्षिक, मनोवैज्ञानिक तथा प्राज्ञिक गुणको व्यावहारिकताले विशेष प्रभाव पार्छ जुन विषय शिक्षाशास्त्रमा निर्भर रहन्छ । शिक्षा सभ्यताको इतिहासतिर हेर्दा मानिसले प्राचीन सभ्यतामा जङ्गलमा सिकार गर्न, तरुल भ्याकुर खोजेर खान सिक्यो, त्यही आवश्यकता त्यतिखेर ठूलो थियो । मानिसले असभ्यताबाट सभ्यता सिक्यो । ओडारमा बस्दै गएपछि घर बनाउने परिकल्पना गर्न सिक्यो, समाज बनायो । सभ्यताको विकासका क्रममा पूर्वेली र पश्चिमेली सभ्यता विकसित भयो । वैदिक सभ्यता, मिश्र सभ्यताले गणित र ज्योतिष जन्मायो ।वैदिक कालमा गुरुकुल शिक्षाले धार्मिक आधारमा शिक्षा संस्कारलाई विकसित बनायो । विश्वमा धार्मिक संस्कारभित्रै शिक्षा अधिनस्थ बन्यो । परिणाममा ठूला–ठूला क्रान्तिहरू भए, फलस्वरूप विभिन्न देशहरूले उपनिवेशबाट मुक्ति पाउन थाले । बिस्तारै दार्शनिक तथा शिक्षाविद्हरूले नयाँ सोचमा शैक्षिक परिवेशलाई डोर्याउन थाले । बेबिलोन र असरियाको सभ्यता, रोम र ग्रिसको सभ्यताबाट दर्शन, राजनीति र संस्कृति विकसित बन्यो । आर्थिक, सामाजिक, सांस्कृतिक, कानुनी रूपमा परिस्कृत बनेर समाजमा शिक्षाको विकास भयो । आवश्यकताको कठघारामा उभिएर मान्छेले परम्परा, प्रविधि, उद्योग बनायो, संस्कारबाट अनुशासन सिकायो । औद्योगिक क्रान्ति, अन्तर्राष्ट्रिय सम्बन्ध, प्रजातान्त्रिक जीवन प्रणालीसँगै शैक्षिक विकास र मूल्यको अपरिहार्य आवश्यकता बढ्यो । शिक्षा सबैका लागि बनाइरहिएको युगसम्ममा आज हामी छौँ । 
शिक्षाशास्त्रको व्यापकतालाई हेर्दा यसले समयको दौडसँगै नूतन विधि, प्रविधि, सिद्धान्त तथा सिकाइ प्रक्रियाको विकास गरिरहेको छ । बालमस्तिष्कलाई बुझ्ने नवीन तौरतरिकामा शिक्षा मनोविज्ञान लागिपरेको छ । किन्डर्गाडेन, मन्टेस्वरी प्रणालीदेखि बाल रुचि, चाहना, इच्छामा रहेर उत्प्रेरणा जगाउँदै सकारात्मक पुनर्बलबाट सिकाइलाई प्रभावकारी तुल्याइन्छ । शैक्षिक क्षेत्रभित्रको सुधार र समृद्धिलाई नियालेर प्याबलभ, स्किनर, थर्नडाइक, फ्रायड, रुसो, पियाजेजस्ता धेरै विद्वान्ले आ–आफ्नो तरिकाबाट गहन खोज र अनुसन्धान गरे । शिक्षण विधिका विषयभित्रका अमूर्त भावलाई मूर्तता दिएर सिकारुको जीवनमा सिकाइको विकास गर्ने सिकारु मनोविज्ञानले फड्को मारिरहेको छ । विश्व समुदायसँगै दौडने कोसिसमा शिक्षा लम्कँदै छ । नेपाली परिवेशका बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक पृथकता, भौगोलिक अवस्थितिलाई संयोजन गर्ने अभिलाषामा सम्बधित निकाय लागिपरेको हुन्छ । बहुकक्षा शिक्षण, समावेशी शिक्षा, अपराधीहरूलाई शिक्षा हुँदै व्यक्तिगत समस्या हल गर्ने कार्य कौशलता सिकाएको हुनुले पनि शिक्षाशास्त्र सङ्कायमा विज्ञान लुकेको हुन्छ । सबैका लागि शिक्षा कार्यक्रम, बाल शिक्षादेखि साक्षरता अभियान, प्रौढ शिक्षा, नि:शूल्क शिक्षा, उच्च शिक्षा, खुला शिक्षा पद्धतिजस्ता औपचारिक तथा अनौपचारिक कार्यक्रमले शैक्षिक विकासमा टेवा पु¥याएको कार्य सराहनीय छ । खुला विश्वविद्यालय कार्यक्रम, दूर शिक्षा, पत्राचार शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा कार्यक्रमका कार्य मूल्यवान् छन् । आज सिकाइ उपलब्धिको मापन तथा मूल्याङ्कनमा गरिएका सुधार कार्यविधिमा केही प्रशासनिक कमजोरीहरू भेटिएका घटनाबाहेक समयसापेक्षी बनाउने कोसिस भने अवश्य पनि महत्वपूर्ण देखिन्छन् ।
शिक्षाजस्तो पवित्र क्षेत्रलाई कालो धन सोहोर्ने भाँडो बनाएका दूषित व्यवहारले प्रश्रय पाएका कुरा भने साह्रै नै दु:खदायी लाग्छन् । मुलुकमा २९ हजार २ सय सामुदायिक विद्यालयमा ७४ लाख ६१ हजार विद्यार्थी अध्ययनरत रहेको तथ्याङ्क छ, जसमध्ये ७२ प्रतिशतको गुणस्तर दयनीय रहेका अध्ययनमा देखाइन्छ । सिकारु केन्द्रित शिक्षणको विषयसँग गाँसिएका प्राविधिक तथा व्यवस्थापकीय पाटाहरू : शिक्षक दरबन्दी मिलान, विकट जिल्लाका दिवा खाजा, पोसाक सुविधा, शिक्षकलाई खुसी पार्ने गरी तलब व्यवस्थापनलगायतका पाटाभित्रका विषयको विचलनले शिक्षामा प्रभाव पर्दै छ । विज्ञान प्रविधिको विकाससँगै सिकाइमा आधुनिकता मौलाउँदै जाँदा जीवनोपयोगी शिक्षामा मनोवैज्ञानिक र व्यावहारिक परिवर्तन भइरहेको प्रतित हुन्छ तर गरिबीको पीडाबोध नभई शिक्षामा विकास असम्भव प्राय: छ । दक्षता, क्षमता वा गुणात्मकतालाई गलत्याएर पार्टीगत भागबन्डामा शिक्षकको नियुक्ति दिइने व्यवहार ग्रामीण परिवेशमा अभैm हाबी छ । यहाँ राजनीतिले शिक्षा कुण्ठित छ तर शिक्षाको आडमा राजनीति चल्नुपथ्र्यो । व्यवस्थापनमा भएका कमजोरीबाहेकलाई हेर्दा शिक्षण पेसामा कमाइको फल नै सबैथोक मान्ने स्वच्छ छवि हुन्छ । कालो धनको लोभभन्दा माथि उठेर एउटा शिक्षकले कक्षामा दिमाग खियाएको हुन्छ । चाहे मानिस डाक्टर बनून् या पाइलट होऊन्, इन्जिनियर बनून्; सबैलाई शिक्षकले पढाएका हुन्छन् । एउटा विधिले नबुझे अर्को तरिका र उदाहरण दिएर बुझाउने, सिकाउने कार्य आफैमा जटिल हुन्छ । यसर्थ पनि यो सेवामा मानिसलाई सद्व्यवहारले आत्मसन्तुष्टि दिलाउँछ । अख्तियारले हेर्नै नपर्ने शिक्षालय आज लाजमर्दो लाग्छ । राष्ट्रका दह्रिला खम्बा तयार पार्ने यत्रो ठूलो जिम्मेवार पेसालाई सम्मान गर्न आजको युवामा सचेतना हुनुपर्छ । हरेक संकायभित्र असल र सबल शिक्षक हुनुपर्ने नीति, मनोविज्ञानको ज्ञान र जागरुकता आवश्यक हुन्छ । भोलिको शिक्षणलाई मनोवैज्ञानिक र प्रभावकारी बनाउन तथा राष्ट्रको वैज्ञानिक समुन्नतिका लागि पनि आजका युवापुस्तामा शिक्षाशास्त्रीय दखलताको उपादेयता रहन्छ ।

प्रतिक्रिया दिनुहोस्