१९ टन आलु बेच्दा ४९० रुपैयाँ नाफा «

१९ टन आलु बेच्दा ४९० रुपैयाँ नाफा

नयाँ दिल्ली-आलुको बालीमा लगातार घाटा बेहोरिरहेका भारतीय किसानले प्रधानमन्त्री नरेन्द्र मोदीलाई ४९० भारतीय रुपैयाँको म नी अर्डर पठाएका छन् । किसानले लगभग १९ टन आलू बेच्दला ४९० रुपैयाँ नाफा भएको थियो । भारतीय किसानहरुले विगत ४ वर्षदेखि आलूको खेतीमा घाटा बेहोर्दै आएका छन् ।
बरौली अहिरका नगला नाथू निवासी प्रदीप शर्माले गत वर्ष लगभग १० एकड जमिनमा आलुको खेती गरेका थिए । यसमा करिब १ हजार १५० प्याकेट (प्रति प्याकेट ५० किलो) आलूको उत्पादन भएको थियो । प्रदिपले २४ डिसेम्बरमा ३६८ प्याकेट आलू महाराष्ट्रको अकोला मन्डीमा बिक्री गरेका थिए ।
यो आलू ९४ हजार ६७७ रुपैयाँमा बिक्री भएको थियो । यसमा ४२ हजार ३० रुपैयाँ ढुवानी खर्च, ९९३.६० अनलोड खर्च, ८२८ रुपैयाँ काटा कटाइ, ३ हजार ७९० रुपैयाँ दलाली, १ सय रुपैयाँ ड्राफ्ट कमिसन , ४ सय रुपैयाँ छान्नेमा खर्च भएको थियो । १ हजार ५ सय रुपैयाँ नगद खर्च भएको थियो । कुल खर्च ४८ हजार १८७ रुपैयाँ निकालेर ४६ हजार ४९० रुपैयाँ मिलेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्