मेगा बैंकका ग्राहकलाई विशेष सुविधा «

मेगा बैंकका ग्राहकलाई विशेष सुविधा

मेगा बैंक नेपाल लिमिटेडले राजधानीका आठवटा शाखामा ग्राहकका लागि मंगलबारबाट विशेष सुविधा सुरु गरेको छ । बैंकमा सेवा लिन आउने ग्राहकहरूको सहजताका लागि मेगा बैंकले ‘कस्टमर केयर अफिसर’ नियुक्त गरी विशेष सुविधा थपेको हो । उनीहरूलाई ग्राहकहरूको बैंकिङ आवश्यकतालाई हेरविचार गर्ने विशेष जिम्मेवारी दिइएको बैंकले जनाएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर राजधानी भित्रका आठवटा शाखामा नमुनाका रूपमा सुरु गरिएको यो सुविधा क्रमशः अन्य शाखाहरूमा पनि विस्तार गरिने मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले जानकारी दिइन् ।
“हामीले ग्राहकहरूको विश्वास जित्दै अघि बढ्दै भन्ने मुलमन्त्र बनाएका छौं । तसर्थ, हरेक ग्राहक हाम्रो लागी मुल्यवान हुनुहुन्छ । उहाँहरूलाई बैंकमा आउँदा कुनै अप्ठेरो परे तत्कालै हेरविचार होस् र सेवा सुविधा लिन सहज होस् भन्ने उद्देश्यले हामीले यो सुविधा सुरु गरेका हौँ,” सीईओ खुञ्जेलीले भनिन् । ‘मेगा कस्टमर केयर अफिसर’ले मेगा बैंकको शाखा कार्यालयमा पुग्ने ग्राहकहरूलाई स्वागत गर्नुका साथै उनीहरूका समस्या, गुनासो र सुझाव सुनेर त्यसलाई बैंकका सम्बन्धित शाखासँग समन्वय गर्नेछन् । जसले ग्राहकहरूलाई बिना झन्झट, छिटोछरितो सेवा लिन मद्दत पुग्ने मेगा बैंकको विश्वास छ ।

 

प्रतिक्रिया दिनुहोस्