हरपल चामलको नयाँ ब्रान्ड पसन्द बजारमा «

हरपल चामलको नयाँ ब्रान्ड पसन्द बजारमा

 नेपालमा सन् २००५ देखि निरन्तर रूपमा उपभोक्ताको पहिलो रोजाइमा पर्न सफल हरपल लंग्रेन बासमती चामल भारतको हरियाणामा उत्पादन हुन्छ । ग्यालेक्सी ब्रान्डअन्र्तगतको हरपल चामल नेपाल–भारतलगायत संसारभरका २३ वटा राष्ट्रमा बिक्री वितरण भइरहेको जनाएको छ । विशेष गरी युरोप र खाडीमुलुकहरूमा बढी बिक्री हुँदै आइरहेको यो चामल नेपाली उपभोक्ताको विश्वास जित्न सफल छ ।
विशेष गरी थकाली भान्सा घर, होटल, रेस्टुराँ, विभिन्न व्यवसायी, थोक तथा खुद्रा व्यवसायीहरूले हरपल ब्रान्डका चामलहरूलाई मुख्य रोजाइ बनाए । मुख्यक्वालिटी राम्रो छ । मूल्यमा एकरूपता छ, विगत १४ वर्षदेखि नेपाली बजारमा उपलब्ध छ । खानेक्रममा स्वादिलो भएकाले धेरै उपभोक्ताहरूले मन पराइदिनु भएको भन्दै कम्पनीले उपभोक्ताहरूको सकारात्मक प्रतिक्रियाले यसै वर्षदेखि नेपालको ग्रामीण भागलाई समेट्ने खालले हरपल ब्रान्डले थप पसन्दलंग्रेन २० केजी र ५ केजीको प्याकिङ स्टिममा बजारमा ल्याएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्