ग्राण्डी सिटी अस्पतालमा नेपाल फाइनान्स «

ग्राण्डी सिटी अस्पतालमा नेपाल फाइनान्स

नेपाल फाइनान्सको नयाँ विस्तारित काउण्टर कान्तिपथस्थित ग्राण्डी सिटी अस्पताल परिसरमा सञ्चालनमा आएको छ । विस्तारित काउण्टरको फाइनान्सका सञ्चालक दिप्रश शाक्यले उद्घाटन गरे ।
निजी क्षेत्रको लगानीमा नेपालको पहिलो फाइनान्स कम्पनीको रुपमा विस २०४९ सालमा स्थापना भएको हो । वित्तीय संस्थाको हाल काठमाडौ महानगरपालिका–२८ कमलादीमा केन्द्रिय कार्यालयसहित ललितपुरको पुल्चोक, काभ्रेपलाञ्चोकको बनेपा, रुपन्देहीको मुर्गिया र नवलपुरको गैंडाकोटमा, कास्कीको माछापुच्छ«े गाउँपालिकामा शाखा कार्यालय सञ्चालनमा ल्याइसकेको छ ।
जनकपुरको धनुषाधाममा यही असारभित्रै शाखा सञ्चालन गर्ने र काठमाडौंको कालिमाटीमा दोश्रो विस्तारित काउण्टर सञ्चालनको तयारीमा रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्