विज्ञापन बोर्ड सदस्य नियुक्तिमा आनको आपत्ति «

विज्ञापन बोर्ड सदस्य नियुक्तिमा आनको आपत्ति

सरकारले भागवण्डाका आधारमा विज्ञापन बोर्ड सदस्य नियुक्त गरेको भन्दै नेपाल विज्ञापन संघ (आन) ले विरोध गरेको छ ।


सरकारी विज्ञापनलाई एकद्वारा प्रणालीबाट व्यवस्थित गर्न बोर्ड गठन भएपनि त्यसका पदाधिकारी भागवडाका आधारमा र कार्यकर्ता भर्ति गर्ने केन्द्र मात्र बनाएको भन्दै आनले आपत्ति जनाएको हो ।

आनले विज्ञप्ति जारी गरेर आफूहरुले लामो समयदेखि माग गरेको मुद्दालाई संसदबाट सम्बोधन भएपनि बोर्डको गठन प्रकृया र गठनपश्चातको विज्ञापन व्यवसायको मर्म तथा भावनालाई बेवास्ता गर्दै अघि बढेको भन्दै जनाएको छ ।
बोर्डको गठन तथा पुर्नगठन हुँदासमेत विज्ञापन व्यवसायका विज्ञ व्यक्तित्वलाई स्थान दिनुको सट्टा संघको संस्थागत प्रतिनिधित्वलाई समेत अस्विकार गर्दैे सरकारले आफूखुशी कार्यकर्ता व्यवस्थित गर्ने केन्द्र मात्र बनाएको आनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्