Logo

तामाकोसी निर्माणको जस सरकारले एक्लै लियोः नेता महत

नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणका लागि आफूले गरेको भूमिकालाई सरकारले अवमूल्यन गरेको बताएका छन् ।


नेता महतले १० वर्ष अघि उर्जामन्त्री भएको बेलामा आफ्नै पहलकदमीमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम सुरु भएको भएपनि सरकार एक्लैले निर्माणको स्वामित्व लिएको आरोप लगाए । तत्कालीन अवस्थामा आफूले नै काम नगर्ने ठेकेदारसँगको ठेक्का रद्द गरेर नेपाली सेनालाई काम गर्ने जिम्मा दिएको उनले बताए ।


उनले आफ्नै पहलमा सरकारबाट ११ अर्ब लगानी गर्ने निर्णय गराएको दाबी गरे । नेपाल टेलिकम, नेपाल सञ्चय कोष र नागरिक लगानी कोषको संयन्त्र जोडेर त्यतिबेला ३४ अर्बको लागत अनुमान गरिएको उनले बताए । पछिल्लो समयमा यसको निर्माणमा मिलेमतो, ढिलासुस्ती गर्दा समयमै काम सम्पन्न हुन नसकेको उनको आरोप छ । जति बढेपनि यसको लागत ४८÷५० अर्ब भन्दा बढी नजाने भएपनि लागतलाई ढिलासुस्ती र मिलेमतो लगायतका कारणले लागत रकम यो भन्दापनि बढाइएको नेता महतले बताए ।
आफूले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको कामलाई सुरु गरी योगदान गरेको भएपनि त्यसको मुल्यांकन नभएको नेता महतको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्