गण्डकी प्रदेश सरकारको बजेट «

गण्डकी प्रदेश सरकारको बजेट


गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट ल्याएको २२ दिन बितिसक्दा पनि रातो किताब ल्याउन सकेको छैन । जसले गर्दा बजेटबारे सदनमा छलफल नै सुरु हुन पाएको छैन । नयाँ गठबन्दन सरकार बने पछि बजेट ल्याएको तीन साता बितिसक्दा पनि विनियोजित बजेट समेटिएको रातो किताज आउन नसक्नुले नयाँ सरकारको कमजोरी रहेको प्रतिपक्ष दलले आरोप लगाउन थालेका छन् ।


सरकारले बजेट ल्याएको तीन साता बित्दासमेत रातो किताब ल्याउन नसक्ने सक्ता बाँडफाँटमै किचलो भएको श्रोतको दाबी छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले रातो किताब आएपछि मात्र बजेटमाथिको छलफलमा सहभागी हुने बताउँदै आएको छ ।

प्रमुख प्रतिपक्ष दलका नेता एवं निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अप्राकृतिक गठबन्दन धेरै दिन नचल्ने आफूले सुरुमै भनेकाले स्वभाविक रुपमा हाल सरकारको काम भ्रष्टचार गर्नतर्फ उन्मुख भएको दाबी गरे । उनले भने, “ कांग्रेसले छलछाम गरेर विश्वासको मत लिने रणनीति थियो, त्यो पूरा भयो, कांग्रेस नेतृत्वको सरकारमा माओवादी केन्द्र र जनता समाजवादी पार्टी अघि जान्छ भन्ने मलाइ लाग्दैन ।” आर्थिक वर्ष सकिनै लाग्दा पनि बजेटमा छलफल सुरु गर्न नसक्नुले सरकारले आफ्ना नेता तथा कार्यकर्तालाई बाँड्ने गरी १४ करोड बजेट बाँडेको गुरुङको आरोप छ ।
प्रदेशको अर्थमन्त्रालयका सचिव रमेश कुमार केसीले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट आएकाले अहिलेको अवस्थामा खासै प्रभाव नपर्ने बताए । तत्काल गर्नुपर्ने केही योजनाहरुका लागि करिब १४ करोड विनियोजना भए पनि यही असार २४ गते भित्र सक्ने गरी हाल निर्देशन भएकाले तोकिएको मितिमा उक्त योजना सक्नुपर्ने अन्यथा सो रकम फ्रिज हुने केसीले जनाए । अहिलेको अवस्थामा मुख्यमन्त्रीले नै उक्त मन्त्रालयको जिम्मेवार सम्हालेकाले आवश्यक पर्दा उनीबाटै राय सल्लाह लिय समन्वय गरी काम गर्दै आएको सचिव केसीले जनाए ।


गण्डकी प्रदेशका नीति तथा योजना आयोगका निवर्तमान उपाध्यक्ष डा. गिरीधारी शर्मा पौडेलले आफूहरुले तयार पारेको नीति तथा कार्यक्रममा १० वटा योजना काटिएको १२ योजना थप भएको बताए । प्रायः अघिल्लो सरकारले तयार पारेको बजेट नयाँ सरकारले ल्याए पनि रातो किताब ल्याउन ढिलाइ भएको उनले गुनासो गरे ।
प्रदेशका विना विभागिय मन्त्री हरिशरण आचार्यले आफूहरुले यही असार २५÷२६ गते देखि सदन सञ्चालन हुने गरी हाल गृहकार्य सुरु गरेको बताए । उनले भने, “एउटा दलको बहुमत हँुदा त सरकार सञ्चालनमा केही समस्या हुन्छन् भने हामी धेरै पार्टी मिलेर सरकार बनाएकाले स्वभाविक ढंगले केही ढिलो भएको छ, अब हामी जति सक्दो छिटो रातो किताकसहित बजेट छलफलमा जुटुछौं ।”

प्रतिक्रिया दिनुहोस्