अखेटोपहारको अवैध कारोबार गर्ने चिनियाँ नागरिक पक्राउ «

अखेटोपहारको अवैध कारोबार गर्ने चिनियाँ नागरिक पक्राउ

दुर्लभ वन्यजन्तुको अखेटोपहारको अवैध कारोबार र जुवातास सट्टेबाजीमा संलग्न चिनियाँ गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर टेकु र वृत्त लैनचौरवाट खटिएको टोलीले काठमाडौं महानगरपालिका वडा नं. १७ ज्याठा गल्लीभित्रको चीनका नागरिकले सञ्चालन गरेको एक होटलबाट चिनियाँ नागरिकहरुलाई पक्राउ गरेको हो ।


दुर्लभ बन्यजन्तुको अखेटोपहारको अबैध कारोबार र सम्पत्ती हारजित हुने गरी जुवातास सट्टाबाजि खेलाइरहेको अबस्थामा चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको प्रहरीले बताएको छ । प्रहरीले पक्राउ परेका व्यक्तिहरुबाट जुवातास खेल्न प्रयोग गरेका बिद्युतिय टेबल २ थान, जुवातास खेल्न प्रयोग हुन चाईनिज भाषा माजुङ बताउने प्लाष्टिकको गोटी ४१० थान, नगद ८ लाख ८९ हजार १५५ रुपैयाँ, बिभिन्न कम्पनीका मोबाईल ७ थान, बाघको छाला जस्तो देखीने वस्तु १ थान, गाईको छाला जस्तो देखिने वस्तु १ थान, कस्तुरीको बिना जस्तो देखीने वस्तु २० थान, बुद्वचित्त ९०० थान, रुद्राक्ष अन्दाजी २० किलोग्राम बरामद गरेको छ ।

यस्तै उनीहरुको साथबाट राहधानी २ थान, चिनका बिभिन्न बैंकहरुको एटिएम कार्ड ३५ थान, भौचर पाना (लेखिएका) २५० थान, भौचर पाना (नलेखिएका) ६८ थान, बाघको दाँत जस्तो देखिने वस्तु २ थान, फलामको धारिलो खुकुरी २ थान र फलामको धारिलो तरबार १ थान बरामद भएको पनि प्रहरी वरिष्ठ उपरिक्षक अशोक सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्