एक एक पाइलालाई सहयोग प्राप्त «

एक एक पाइलालाई सहयोग प्राप्त

नेपाललगायत भारतकी चर्चित अभिनेत्री मनिषा कोइरालाबाट एक एक पाइला फाउन्डेशनलाई सहयोग प्राप्त भएको छ । अभिनेत्री कोइरालाले एक कार्यक्रममार्फत एक एक पाइला फाउन्डेशन सहयोग प्रदान गरेकी हुन् ।
सहयोग स्वरुप उनले फाउन्डेशनलाई २० थाना अक्सिजन कन्सन्ट्रेटर दिएकी हुन् । कोरोना महामारी रोकथाम तथा नियन्त्रणको लागि बीएपीएस बेलायतको सहयोगमा उक्त सामग्री अभिनेत्री कोइरालाले एक एक पाइलालाई हस्तान्तरण गरेकी हुन् ।
एक एक पाइला नेपालमा स्वयंसेवकहरूको एक समूहको हो । यसको उद्देश्य नेपालका दुर्गम ग्रामीण क्षेत्रका जनतालाई निःशुल्क स्वास्थ्य सेवाहरू प्रदान गर्नु हो । हाल यसले थापाथली, काठमाडौंमा रहेको सिटी क्लिनिकमार्फत सेवा सञ्चालन गरिरहेको छ ।
एक एक पाइलामार्फत नियमित मेडिकल सुविधाहरूको अभाव हुने ठाउँमा औषधि र चिकित्सा उपकरणहरूको निःशुल्क वितरण गँिरदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्