स्मार्ट डोको– ‘स्मार्ट डोको मनसुन अफर’ «

स्मार्ट डोको– ‘स्मार्ट डोको मनसुन अफर’

अनलाइन मेगास्टोर स्मार्ट डोकोले ‘स्मार्ट डोको मनसुन अफर’ ल्याउने भएको छ । हालै आइएमएस ग्रुपले स्मार्ट डोकोको प्राप्तिपछि स्मार्ट डोको नेपालमा नम्बर वान इकमर्श एप बन्न सफल भएको छ ।
यो अफर अन्तर्गत ग्राहकहरुले हरेक दिन एउटा सामसुङ घडी जित्ने मौका पाउने छन् । यसका लागि १५ सयभन्दा बढीको सामान खरिद गर्नुपर्ने हुनेछ ।
कम्पनीले हिमालयन बैंकका प्रि–पेड र क्रेडिट कार्ड प्रयोगकर्ताका लागि १५ प्रतिशत क्यास ब्याकको अफर समेत ल्याएको छ । स्मार्ट डोकोले मनसुन र समरका सामग्रीहरु तथा इलेक्ट्रिोनिक्स, बेबी प्रडक्ट, किचनवेयर र अन्य कैयौं सामानमा ७३ प्रतिशतसम्म छु्ट अफर ल्याएको छ ।
स्मार्ट डोकोले सासमुङ, भिडियोकोन, हाइसेन्स, डा. ब्राउन, क्रेन, बीबीलुभ, सीजीजस्ता ब्राण्डहरुमा आकर्षक अफर समेत ल्याएको छ । ग्राहकले विभिन्न प्रकारको क्याटेगोरी र सब–क्याटेगोरीमा १० हजार भन्दा बढी प्रडक्टहरु खरिद गर्न सक्नेछन् । ग्राहकले सजिलैसँग बेबी केयर इलेक्ट्रिोनिक्स फूड र ग्रोसरी, कोभिड अत्यावश्यक सामग्री, स्वास्थ्य र सुन्दरता, होम एण्ड लिभिङ र अन्य प्रडक्टहरु सजिलै किन्न सक्नेछन् ।
स्मार्टडोकोका ग्राहकले शीघ्र र निःशुल्क डेलिभरी चक्रपथ भित्र (न्यूनतम २५० रुपैयाँको खरिदमा) र चक्रपथ बाहिर र काठमाडौं उपत्यका बाहिर न्यून डेलिभरी शुल्कमा सामान प्राप्त गर्न सक्नेछन् । यो अफर यही असार २२ देखि ६ गतेसम्म मान्य हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्