Logo

लक्ष्य अनुसार राजस्व संकलन भएन

कञ्चनपुर भन्सार कार्यालयमा लक्ष्य अनुसार राजस्व संकलन कमी भएको छ । बढ्दो कोरोना महामारीको प्रभावका कारण भन्सार कार्यालय कञ्चनपुरले लक्ष्य अनुसार राजस्व संकलनमा कमी भएको हो । भन्सार कार्यालयका सूचना अधिकारी प्रमानन्द जोशीका अनुसार कार्यालयले लक्ष्यअनुसार राजस्व संकलन गर्नका लागि अग्रसर भएको भएपनि कोरोना महामारीका कारण लक्ष्य अनुसार राजस्व संकलनमा कमी आएको छ ।
“विगतका वर्षमा निश्चित रुपमा तोकिएको राजस्व संकलन आर्थिक वर्षको मसान्त महिना अगावै संकलन हुने गरेको थियो, तर यस वर्ष भने जेठ मसान्त सम्म आउँदा कार्यालयले लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको अवस्था हो” सूचना अधिकारी जोशीले भने, “राजस्व संकलनमा असार महिनाको राजस्व जोडिएको छैन, असार मसान्त पनि सम्भवतह लक्ष्य अनुसार राजस्व गर्न सकिन्छ ।” कोरोना महामारीका कारण लागु भएको निषेधाज्ञाले राजस्व संकलनमा कमी आएको अवस्था छ । जसका कारण आर्थिक वर्षको मसान्त अगावै लक्ष्य अनुसार संकलन गरिने राजस्व असार मसान्तपछि मात्रै हासिल गर्न सकिने अवस्था रहेको उनले बताए ।
कञ्चनपुर भन्सार कार्यालयको २०७७÷०७८ को कुल लक्ष्य ३५ करोड ६७ लाख ८८ रहेको छ । कार्यालयले भने हालसम्म भने ३४ करोड १३ लाख ९८ हजार राजस्व संकलन भएको अवस्था छ । जसअनुसार कार्यालयले कुल लक्ष्यको ९५.६९ प्रतिशत राजस्व संकलन गरेको छ । संकलन भएको राजस्वमा असार महिनाको भने नजोडिएको कार्यालयले जनाएको छ ।
कोरोना महामारीले गदौ पैठारी हुने सामानमा कमी आएका कारण राजस्व संकलनमा कमी भएको समेत कार्यालयका सूचना अधिकारी जोशीले बताए । कञ्चनपुर भन्सार कार्यालयबाट तरकारी, फलफूल, गुड, मिस्री, कपडा, हार्डवेयरका सामान लगायत कृषिजन्य सामग्रीहरु भन्सार कार्यालयबाट आयात हुने गर्दछ । यसैगरी निर्यात हुने सामानमध्ये रिठा र हस्तकलाका सामग्री भारत निर्यात हुने गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्