हाइ–इन्डको मेड इन इन्डिया आइफोन पाइपलाइनमा

नयाँ दिल्ली-एप्पलको प्रमुख करार म्यानुफ्याक्चरर फक्सकनले भारतमै हाई–इन्ड आईफोनको एसेम्बली लाइन खोल्ने योजना बनाएकमो मिडियामा आएका समाचारले जनाएका छन् ।
फक्सकनले फ्ल्यागशीप आईफोन एक्स फेमिली जस्ता सर्वाधिक महँगा डिभाइसहरु भारतमै एसेम्बल गर्ने रोयटर्सले जनाएको छ ।
शाओमीका लागि फोन बनाउदै आएको म्यानुफ्याक्चरले आफ्नो प्लान्टलाई भारतको दक्षिणी राज्य तामिल नाडुमा विस्तार गर्ने भएको छ । यो प्लान्टले २५ हजारको हाराहारीमा रोजगारी सिर्जना अपेक्षा स्थानिय अधिकारीहरुले गरेका छन् ।
द हिन्दुले पनि फक्सकनले विभिन्न मोडलका आईफोन पनि भारतमा स्थापित हुने प्लान्टबाटनै उत्पादन सुरु हुने उल्लेख गरेको छ ।
तामिल नाडुको राजधानी चेन्नोइमा फक्सकनले सबै मोडलका आईफोन उत्पाद सुरु गर्ने पत्रिकाले जनाएको छ । यो मागमा आधारित हुने पत्रिकाको भनाई छ ।
एप्पलले हाल दुई न्यून मूल्यका पुराना मोडलहरु मात्रै भारतमा एसेम्बल गर्दै आएको छ । अन्य विश्वव्यापी स्मार्टफोनको तुलनामा एप्पलको उत्पादन भारतमा सार्ने काममा भने ढिलाई देखिएको छ । विश्वका अन्य प्रमुख स्मार्टफोन निर्माताहरु वन प्लस, सामसङ, ओपो र शाओमीले भारतीय प्लान्टमा ठूलो परिमाणमा लगानी गरिसकेका छन् ।