वीरगन्जमा प्रादेशिक रंगशाला माग «

वीरगन्जमा प्रादेशिक रंगशाला माग

वीरगंज-काठमाडौंको दशरथ रंगशालापछिको देशकै ठूलो रंगशाला नारायणी रंगशालालाई प्रादेशिक रंगशाला बनाउन माग गर्दै सोमबार वीरगन्जवासीले मानवसाङ्लो बनाएर प्रदर्शन गरेका छन् ।
विभिन्न राजनीतिक दल, उद्योग वाणिज्य संघ, सामाजिक संघसंस्था, शैक्षिक संस्था, खेलाडी तथा खेलप्रेमीले नारायणी रंगशालाभित्र बिहान ११ बजेदेखि १२ बजेसम्म मानवसाङ्लो बनाइएको थियो । प्रदेश सरकारले जनकपुरमा जग्गा भाडामा लिएर रंगशाला निर्माण गर्न खोजेको भन्दै भौतिक पूर्वाधारले सम्पन्न र विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भइसकेको रंगशालालाई प्रादेशिक रंगशाला निर्माण गर्न मानवसाङ्लो बनाएका हुन् । प्रादेशिक रंगशाला निर्माणका लागि दबाब स्वरुप मानवसाङ्लो बनाइएको राजपाका महासचिव राजेशमान सिंहले बताए । जुनसुकै राजनीतिक दलको सरकार भए पनि वीरगन्जको विकासमा राजनीतिक स्वार्थभन्दा माथि उठेर समग्र वीरगन्जको विकासका लागि अगाडि बढेको उनले बताए । पहिलेको एकदलीय शासन प्रणालीले वीरगन्जलाई भनेका थियौं अहिले प्रदेशमा आफ्नै प्रदेश भए पनि वीरगन्जको विकास ओझेलमा पर्ने देखिएपछि प्रदर्शन गर्नुपरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्