मेला–महोत्सवको अर्थतन्त्र «

मेला–महोत्सवको अर्थतन्त्र

पर्यटकीय नगरी पोखरा मेला र महोत्सव हुने थलोका रूपमा समेत विकास हुदै आएको छ । पोखराको सबैभन्दा जेठो संस्थाका रूपमा रहेको पोखरा उद्योग वाणिज्य संघले २०४२ सालमा पहिलो पटक गैरापाटन क्षेत्रबाट औद्योगिक प्रदर्शनीबाट मेलाको सुरुवात गरेको थियो ।
पोखरा क्षेत्रमा उत्पादन भएका वस्तुहरू प्रदर्शनी गर्ने उद्देश्यले पहिलो पटक उक्त प्रदर्शनी आयोजना भएको थियो । पुस्तक, हस्तकला, पुष्पलगायतका मेला र महोत्सव आयोजना गर्दै आउने क्रममा उद्योग वाणिज्य संघको आयोजनामा विगत एक दशकभन्दा लामो समयदेखि पोखरामा प्रायः मंसिर महिनामा राष्ट्रिय औद्योगिक व्यापार मेलाको आयोजना गर्दै आएको छ ।
पछिल्लो केही वर्षदेखि दसैं तथा तिहारका अवसरमा पोखरामा सिटी रेवान महोत्सव हुन्छ । सिटी रेवान सम्भवतः हिउँद लाग्न थाल्दाको पहिलो महोत्सव मानिन्छ । त्यसपछि संघको आयोजनामा मंसिरमा व्यापार मेला, अंग्रेजी नयाँ वर्षमा सडक महोत्सव, पुसदेखि माघको पहिलो हप्तामा पोखरा महोत्सवको आयोजना हुँदै आएको छ । कास्कीको लेखनाथमा माघ महिनामा लेखनाथ महोत्सव १२ वर्षदेखि आयोजना हुँदै आएको छ ।
पोखरा वरिपरि विभिन्न गाउँठाउँमा तथा स्थानीय टोलहरूमा समेत दुई-तीनदिने मेला महोत्सव समेत निरन्तर हुँदै आएको पाइन्छ । पोखरामा आयोजना हुने मेला तथा महोत्सवले करिब एउटा मेलाबाट कम्तीमा १० करोडभन्दा बढीको कारोबार गर्ने गरेको छ भने आयोजकले १ करोडको हाराहारीमा कारोबार गर्ने गरेको पाइन्छ ।
यस वर्ष प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको कारणले गर्दा पोखरामा एकै मितिमा दुई ठूला मेला र महोत्सवको मिति एकैपटक पुस २७ देखि माघ ८ गतेसम्म जुध्न गएको छ । युनाइटेड क्लबको आयोजनामा पोखराको अमरसिंह चौरको खेलमैदानमा पोखरा महोत्सव हुँदैछ भने पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोबाइल मेला हुने भएको छ ।
‘लगानीको संवद्र्धन : उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने नाराका साथ हुने सफल पोखरा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोबाइल मेला पोखराको समृद्धि, आर्थिक गतिविधिलाई चलायमान बनाउने, प्रदेश नम्बर ४ को व्यवसाय विस्तारको सम्भावनाको खोजी गर्ने तथा प्रदेशको पर्यटकीय सम्भावनाको उजागर गर्ने उद्देश्य लिइएको छ । मेलाले पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना–प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनहरूको प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पु¥याउनेछ ।
मेलाको आकर्षणका रूपमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषिमेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरूको प्रदर्शनी, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरूको गतिविधिहरूको प्रदर्शनी लगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामानको बिक्री–वितरण रहेका छन् । मेलामै नेपाल मोबाइल वितरक संघले आयोजना गर्दै आएको दोस्रो मोबाइल मेलामा नेपालमा चलेका सबैजसो ब्रान्डका मोबाइलहरू प्रदर्शनी तथा बिक्री हुने भएको छ ।
शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागि यस्ता मेला निकै उपयोगी बनेका छन् । महोत्सवले कला, संस्कृति, वेशभूषाको संरक्षण र प्रवद्र्धन, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धितर्फ अगाडि बढाउन सहयोग पु¥याउँछ । सूचना–प्रविधिको जानकारी सर्वसाधारणसमक्ष पु¥याउनुका साथै पर्यटकीय स्थानका बारेमा जानकारी दिन र आन्तरिक तथा बाह्य उत्पादित वस्तुको बजार सहजीकरण गराउन पनि महोत्सव सहयोगी हुन्छ ।
पोखरामा मात्र होइन, अहिले नेपालमा धेरै क्षेत्रमा मेलामहोत्सवको आयोजना भइरहेको छ वा हुन लागेको छ । मेलाको मनोरञ्जन पक्ष त छँदै छ, तर त्यसले देशको अर्थतन्त्रलाई चलायमान बनाउँछ । एकै ठाउँमा वस्तु र सेवा प्रदान गर्नुका साथै प्रचार प्रसार गर्न पनि निकै मद्दत पुग्छ; मेलाको मनोरञ्जन पक्ष त छँदै छ तर त्यसले देशको अर्थतन्त्रलाई चलायमान बनाउँछ । एकै ठाउँमा वस्तु र सेवा प्रदान गर्नुका साथै प्रचार प्रसार गर्न पनि निकै मद्दत पुग्छ ।
औद्योगिक व्यापार मेला तथा प्रदर्शनी खास गरी कृषि तथा औद्योगिक वस्तुको बजार प्रवृत्तिको विश्लेषण गर्ने भरपर्दो र विश्वासिलो आधार पनि मानिन्छ । यस्ता मेला र महोत्सवले धेरै वस्तुको एकीकृत व्यापार स्थल उपलब्ध गराउने मात्र होइन, उत्पादक र उपभोक्ताबीच सीधा सम्पर्कसमेत गराएर बजारीकरणमा राम्रो अवसर प्रदान गर्छ । यसले वस्तुको बजारीकरण तथा उपभोक्ताको रुचि र प्रवृत्तिलाई आकलन गर्न पनि मद्दत गरेको पाइन्छ । एकै थलोमा विभिन्न किसिमका वस्तु उपलब्ध हुने हुँदा औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनीलगायतका मेला, महोत्सव तथा प्रदर्शनीहरूमा उपभोक्ताले आफ्नो रुचिअनुसारका वस्तु छनोट गर्ने अवसर पनि पाउँछन् । उद्योगी तथा व्यापारीले व्यापारको उद्देश्य राखेको भए तापनि छुटको पनि व्यवस्था गरिने हुँदा उपभोक्ता पनि लाभान्वित हुने हुँदा यस्तो मेला, महोत्सव तथा प्रदर्शनीले दुवै पक्षलाई लाभ पुग्ने गरेको छ । साथै, नयाँ वस्तुको परिचय र बजार पहुँच अनि त्यसमा उपभोक्ताको चासो र उत्सुकता बुझ्दै त्यस्ता वस्तुको बजार विस्तार गर्ने रणनीति तथा बजार संरचना निर्माणका लागि आवश्यक आधार पनि यस्तो मेलाले तयार पार्छ । खास गरी यस्ता महोत्सव तथा प्रदर्शनीले आन्तरिक उत्पादनलाई प्रोत्साहन प्रदान गरेको पाइन्छ । कृषि उत्पादनहरूका प्रदर्शनीले कृषकलाई आफ्नो उत्पादनको बजारीकरण गर्ने अवसर पाउँछन् भने उपभोक्ताले स्थानीय उत्पादनलाई पत्याउने अवसर पनि पाउँछन् ।
आर्थिक प्रवद्र्धन तथा सांस्कृतिक संवद्र्धनको उद्देश्यले आयोजना गरिने औद्योगिक, व्यापारिक तथा सांस्कृतिक महोत्सव तथा प्रदर्शनीहरूले आन्तरिक पर्यटन प्रवद्र्धनलाई उत्तिकै बढावा दिएको पाइन्छ । नेपालमा अहिले आन्तरिक पर्यटनको मात्रा निकै बढेको छ र यसको जस यस्तै महोत्सव र प्रदर्शनीलाई दिन सकिन्छ । यस्ता महोत्सव तथा प्रदर्शनीहरूले प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्नमा सघाउ नै पुराउनको देखिन्छ । आन्तरिक पर्यटनका लागि प्रोत्साहन गर्ने हुँदा पर्यटनसम्बद्ध निकायहरूले पनि स्थानीय उद्योग वाणिज्य संघ, जिल्ला विकास समिति, विभिन्न संघ-संस्था आदिसँगको समन्वय र सहकार्यमा मेला, महोत्सव तथा प्रदर्शनीहरूको आयोजना गर्न सहयोग गर्दै आएका छन् । मुलुकमा आन्तरिक पर्यटनको प्रवद्र्धन गर्नमा यस्ता मेला, महोत्सव तथा प्रदर्शनीहरू सहायकसिद्ध हुँदै आएको छ । नेपाल पर्यटन बोर्डले यस्ता मेला, महोत्सव तथा प्रदर्शनीहरूमा प्रवद्र्धकको भूमिका निर्वाह गर्दै आएको छ । साथै, नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा नेपाल उद्योग वाणिज्य महासंघलगायत जिल्ला विकास समिति एवं स्थानीय स्तरका विभिन्न संघ-संस्थाको आयोजनामा यस्ता मेला, महोत्सव तथा प्रदर्शनीहरूको आयोजना गरी पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन नेपाल पर्यटन बोर्डले निरन्तर जोड दिँदै पनि आएको छ । हरेक वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हुने यस्ता मेला, महोत्सव तथा प्रदर्शनीहरूले पर्यटन प्रवद्र्धन हुनुका साथै स्थानीय कला तथा संस्कृतिको संरक्षण र संवद्र्धन, आर्थिक कारोबारमा वृद्धि एवं उद्यमशीलता विकासलगायतका गतिविधिमा सकारात्मक वृद्धि भएकाले यस्ता मेला, महोत्सव तथा प्रदर्शनीहरूलाई आर्थिक दृष्टिकोणले सकारात्मक रूपमा लिन थालिएको छ । विविध सूचना, जानकारी तथा मनोरञ्जनका लागि त्यस्ता मेला, महोत्सव तथा प्रदर्शनीमा पुग्ने दर्शक अथवा अवलोकनकर्ताहरूको बाक्लै भीड देखिन थालेको छ । यसले स्थानीय आर्थिक गतिविधिलाई गति प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्