स्मार्ट टेलिकमको ‘दुईपछि फ्री’ अफर «

स्मार्ट टेलिकमको ‘दुईपछि फ्री’ अफर

स्मार्ट टेलिकमले प्रयोगकर्तालाई लक्षित गर्दै ऐतिहासिक अफर ‘दुईपछि फ्री’ सञ्चालनमा ल्याएको छ । जसअन्तर्गत स्मार्टबाट स्मार्टकै नेटवर्कमा फोन गर्दा अब प्रयोगकर्ताले पहिलो दुई मिनेटको मात्रै शुल्क बुझाउँदा हुने भएको छ ।


अब पहिलो दुई मिनेटको शुल्क मुख्य ब्यालेन्सबाट काटिने छ भने त्यसपश्चातको बाँकी कुराकानी निःशुल्क रुपमा गर्न सकिने भएको छ । लकडाउनद्वारा सृजित कठिन परिस्थितिमा आफ्ना प्रयोगकतालाई उत्साह र उमंग प्रदान गर्ने योजनाका साथ यो अफर ल्याएको कम्पनीले जनाएको छ ।
योसँगै स्मार्ट प्रयोगकर्ताले आफ्ना परिवारजन, आफन्तजन तथा साथीभाइसँग दुई मिनेटको शुल्क तिरेर लामो समयसम्म कुराकानी गर्न सक्नेछन् । यस अफरले आफ्ना प्रयोगकर्ताहरुसँगको सम्बन्ध अझ सहज र सबल बनाउने विश्वस स्मार्टले लिएको छ ।
त्यतिमात्रै नभएर यस अफरले आफ्ना प्रयोगकर्ताको व्यावासायिक, सामााजिक तथा व्यक्तिगत जिवनमा समेत टेवा पुग्ने अपेक्षा कम्पनीको रहेको छ । आफ्ना ग्राहकहरुलाई बढीभन्दा बढी सुविधा दिन सदैव तत्पर रहेको कम्पनीले जनाएको छ । स्मार्ट टेलिकमले विगतका समयमा पनि आफ्ना ग्राहकलाई डेटा तथा भ्वाइस प्याकमा विभिन्न धेरै सुविधा दिदैं आएको छ ।

प्रतिक्रिया दिनुहोस्