सांग्रिला डेभलपमेण्ट बैंकको पाँच प्रतिशत बोनस सेयर सूचीकृत «

सांग्रिला डेभलपमेण्ट बैंकको पाँच प्रतिशत बोनस सेयर सूचीकृत

सांग्रिला डेभलपमेण्ट बैंकको बोनस सेयर सोमबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको १३ लाख ३ हजार ३२० कित्ता बोनस सेयर सूचीकृत भएको हो । अब यो बोनस सेयर सोमबारदेखि लगानीकर्ताले खरीद बिक्री गर्न सक्नेछन् ।
कम्पनीले गत चैत २३ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित ५ प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो । साताको पहिलो दिन आइतबार कम्पनीको सेयरमूल्य ३८९ रूपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा सेयर मूल्य ६ रुपैयाँले घटेको हो ।

प्रतिक्रिया दिनुहोस्