महालक्ष्मी विकास बैंकको सञ्चालकमा श्रेष्ठ «

महालक्ष्मी विकास बैंकको सञ्चालकमा श्रेष्ठ

महालक्ष्मी विकास बैंकले स्वतन्त्र सञ्चालकमा अम्बिका श्रेष्ठलाई नियुक्त गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।
बैंक तथा वित्तीय संस्थामा २५ वर्ष भन्दा बढीको अनुभव हासिल गरेको श्रेष्ठ स्टाण्डर्ड चाटर्ड बैंक नेपालबाट बैकिङ क्षेत्रमा प्रवेश गरेकी हुन् । उनले तत्कालीन सुप्रिम डेभलपमेण्ट बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पनि सम्हालेकी छन् ।
व्यवसाय प्रशासनमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेकी श्रेष्ठ विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुमा वित्तीय परामर्शदाताको रुपमा पनि काम गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्