गुल्मीको रिडी बजारमा रावा बैंकको शाखा शुभारम्भ «

गुल्मीको रिडी बजारमा रावा बैंकको शाखा शुभारम्भ

 परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शाखा कार्यालय रिडी बजारको शनिबार औपचारिक रूपमा शुभारम्भ गरेका छन् । यो समेत बैंकको शाखा कार्यालयको संख्या २१० पुगेको छ । सो समारोहमा प्रमुख अतिथि प्रदीपकुमार ज्ञवालीले विकासका लागि सबैभन्दा पहिले सम्पूर्ण स्थानीय तहमा बैंक आवश्यक भएको र बैंक भएपछि मात्र अन्य क्षेत्रको विकास हुने बताउँदै राष्ट्रिय वाणिज्य बैंक जनताकै बैंक भएकोले ढुक्कसँग कारोबार गर्न अनुरोध गरे । सो कार्यक्रममा गुल्मी जिल्ला १ ‘क’ का प्रदेश सभा सांसद कमलप्रसाद श्रेष्ठले रावा बैंक सरकारी बैंक भएकाले प्राथमिकता क्षेत्रमा कर्जा प्रवाह गर्न विशेष जोड दिनुपर्ने बताए ।
यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले रावा बैंकले नयाँ संभाव्य क्षेत्रहरूमा शाखा स्थापना गरी दिगो आर्थिक विकासको लागि वित्तीय पहुँच विस्तार गरिने बताए । बैंकको पोखरा क्षेत्रका निमित्त प्रवन्धक ऋषिराम ढकालको सभापतित्वमा सम्पन्न उक्त समारोहमा रुरु गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतम, सत्यवती गाउँपालिकाका अध्यक्ष परेश्वर ढकाल, उद्याग वाणिज्य संघ रिडी बजारका अध्यक्ष सुवर्णलाल कक्षपति, स्थानीय उद्यमी व्यवसायी तथा सर्वसाधारणको उपस्थिति थियो । हाल बैंकको ७४ जिल्लामा २१० वटा शाखा कार्यालय, १६५ वटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ छ । हाल बैंकको १ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप संकलन र १ खर्ब २८ अर्ब रुपैयाँ कर्जा लगानी छ ।

 

 

प्रतिक्रिया दिनुहोस्