डिप्रोक्सको लघुवित्त कर्जा विश्लेषण तथा जोखिम व्यवस्थापन तालिम «

डिप्रोक्सको लघुवित्त कर्जा विश्लेषण तथा जोखिम व्यवस्थापन तालिम

 लघुवित्त क्षेत्रमा देखा परेको सदस्यहरूको दोहोरोपना र भाखा नाघेको कर्जाको अवस्थालाई व्यवस्थित गर्ने उद्देश्यले डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले मंसिर २७ देखि पुस १४ गतेसम्म देशका बिभिन्न स्थानहरूमा लघुवित्त कर्जा विश्लेषण तथा जोखिम व्यवस्थापन विषयमा तीनवटा छुट्टाछुट्टै कार्यक्रमहरूको आयोजना गरी ती विषयहरूमा संस्थाका ९५ शाखाका शाखा प्रमुखलगायत केही प्रदेश प्रमुखहरूको क्षमता अभिवृद्धि गराउने कार्य सम्पन्न गरियो ।
तीन चरणमा विभाजित उक्त तीन दिने कार्यक्रमहरूको प्रमुख प्रशिक्षकहरूका रूपमा लघुवित्त क्षेत्रका ज्ञाताहरू घुरन ठाकुर, गोबिन्द लाल कर्ण, मेघराज गजुरेल र उदयराज खतिवडा हुनुहुन्थ्यो भने कार्यक्रमलाई व्यवस्थित बनाउन संस्थाका विभागीय प्रमुखहरू बुद्धिराज घिमिरे, पवन पाठक, प्रदेश प्रमुखहरू र शाखा प्रबन्धकहरूले समेत सहयोग गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्