सिटी एक्सप्रेस मनी ट्रान्सफर र मलेसियाको ‘भ्यालू’ बीच रेमिट्यान्स सम्झौता «

सिटी एक्सप्रेस मनी ट्रान्सफर र मलेसियाको ‘भ्यालू’ बीच रेमिट्यान्स सम्झौता

 मलेसियाको ख्यातिप्राप्त रेमिट्यान्स कम्पनी भ्यालू र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सुरु भएको छ । भ्यालूको मलेसिया भरी २००० एजेन्ट लोकेसनहरू छन् साथै आफ्नै मोबाइल एप र इन्टरनेट बैंकिङको पनि सेवा उपलब्ध छ ।
यो सेवा सुरु भएपछि मलेसियाबाट नेपालमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको ६ हजारभन्दा बढी एजेन्टहरूमार्फत सिधैं भुक्तानी लिन सकिने वा कुनै पनि बंैकको खातामा रकम जम्मा गर्न सकिनेछ । हस्ताक्षर समारोहमा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र भ्यालूको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रसन्न रावोले हस्ताक्षर गरेका थिए ।
भ्यालूले सिटी एक्सप्रेससँग सीधा रेमिटान्स सम्झौता भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरूमा सिटी एक्सप्रेससँग नयाँ प्रविधिअनुसार सहकार्य गर्दै जाने जानकारी दिएका छन् । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १२ वर्षदेखि विश्वभरी आफ्नो रेमिट एजेन्ट्हरूबाट ६ हजारभन्दा बढी नेपालको एजेन्ट्हरूमार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्