गैंडाकोटमा ग्लोबल आईएमई बैंकको शाखा «

गैंडाकोटमा ग्लोबल आईएमई बैंकको शाखा

ग्लोबल आईएमई बैंक लिमिटेडले सोमबार नवलपरासी बर्दघाट सुस्ता–पूर्व जिल्लाको गैडाकोटस्थित शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । गैंडाकोट र त्यस वरपरका बासिन्दालाई सेवा पुर्याउने उद्देश्यले खोलिएको शाखाको माननीय प्रदेश सांसद कृष्णचन्द्र नेपालीले औपचारिक उद्घाटन गरेको भन्दै बैंकले शाखाको औपचारिक उद्घाटनमा नेपालीले गैडाकोटलगायत देशका अन्य गाउँपालिकाहरुमा ग्लोबल आईएमई बैंकले विस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक वृद्धिमा उल्लेखनीय टेवा पुगेको बताएको जनाएको छ ।
यसैगरी कार्यक्रममा विशिष्ट अतिथि एवम् गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले बैंकले गैंडाकोटको आर्थिक समृद्धिमा थप सहयोग गरेको बताए भने ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले सो क्षेत्रमा जम्मा भएको रकम सोही क्षेत्रमा प्रयोग गर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्