कारोबारकर्मी सागर परियार सम्मानित «

कारोबारकर्मी सागर परियार सम्मानित

जुम्लास्थित कारोबारकर्मी सागर परियारलाई सम्मान गरिएको छ । दोस्रो लहरको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा उल्लेखनीय भूमिका खेलेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन समितिले उनलाई सम्मान गरेको हो । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले सम्मान तथा कदरपत्र वितरण कार्यक्रममा कारोबारकर्मी परियारलाई कदरपत्र हस्तान्तरण सहित दोसल्ला ओढाए सम्मान गरे ।


दोस्रो लहरको कोरोना रोकथामसँगै जिल्लाको सुशासन, पारदर्शिता कायम तथा विकास निर्माणदेखि आर्थिक अनियमितता ढिलासुस्तीका क्षेत्रमा आफ्नो कलममार्फत निरन्तर खबरदारी गरेकोमा सम्मान प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए । कारोबारकर्मी परियारलगायत नयाँ पत्रिकाका संवाददाता मानदत्त रावल, नागरिक दैनिकका संवाददाता धनबहादुर बुढा र थाहा खबरका संवाददाता दिलमाया शाहीलाई सम्मान प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्